बिहिबार, ३१ जुलाई २०२५

वैदेशिक रोजगारीको पीडाले डिप्रेशनदेखि आत्महत्यासम्म

हिमाल खबर

हिमाल खबर

काठमाडाैँ
News Image
• • •

वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा देखिएको तनावले मनोसामाजिक समस्या बढ्दा ज्यानै जाने घटना बढिरहेका छन्।

परिवारमा आम्दानीको स्रोत नभएपछि झापाको भद्रपुर-१ का अञ्जन दास (२४) साढे दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गए। कतारको मजदुरीले परिवारको आर्थिक अवस्था त सुध्रिएन बरु उनकै ज्यान लियो। “केही कमाउला भनेर कतार पठाएको थियौं। कमाइ त भएन, छोरा नै गुमायौं,” उनका बुवा नरेन्द्र भन्छन्।

नरेन्द्र खेतीपाती गर्छन्। वर्षभरी खेती मजदुरी गर्दा पनि पाँच जनाको परिवार पाल्न सकस हुन्थ्यो। आमाबुवाको दुःख तथा दुई वर्षीया छोरीको भविष्यका लागि भन्दै उनी विदेशिएका थिए।

साढे दुई वर्षअघि पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा उनले कतारमा सफारी कम्पनीमा काम पाएका थिए। गाडीमा सामान लोड गर्ने र घर तथा कार्यालयमा पुर्‍याउने दैनिकी थियो। नेपालमा म्यानपावर कम्पनीलाई एक लाख ३० हजार बुझाएर मासिक एक हजार कतारी रियाल तलब पाउने आशामा उनी कतार पुगेका थिए।
 

शुक्रबार, फाल्गुण २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)