बिमला गुप्ता
वीरगन्जमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
पर्सा जिल्ला तेक्वान्दो संघको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन, मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरे।
शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहनेछ।
नेपालबाट सातवटै प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बंगलादेशका गरि १७ वटा टिमका खेलाडी सहभागी छन्।
पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार नेपालबाट मात्रै १२ टिम, भारतको सिक्किम, दार्जिलिङ र पन्जाब गरि ४ टिम र बंगलादेशबाट १ गरि कुल १७ टिमका खेलाडीले प्रतियोगितामा भाग लिएका छन्।
'खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जना सहभागी प्रतियोगितामा ४१ केजी देखि ७४ केजी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछ' उनले भने।
अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेशीयामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाइ मध्यनजर गरि वीरगन्जमा ३ वटा देशका खेलाडी सहभागी गराएर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया