राप्रपा छिरेका नन्दलाललाई माओवादी कार्यकर्ताबाट गालीको वर्षा

Breaknlinks
Breaknlinks

नेपालगन्ज उपमहानगरपालिकाको मेयर, उपमेयर पद कांग्रेस र जनता समाजवादी पार्टीले बाडफाँड गर्दा माओवादी र एकीकृत समाजवादीलाई हात लागे शुन्य भएको छ। केन्द्रीय सहमतिअनुसार मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले लिएको छ।

संगठन बनाउनै नसकेको एकीकृत समाजवादी यस निर्णयबाट खासै प्रभावित छैन तर माओवादीमा भने ठुलै हलचल ल्याएको छ। माओवादीका मेयर पदका आंकाक्षी नन्दलाल बैश्य नै राप्रपा तिर लागेका छन्। त्यहाँ उनी मेयर लड्ने पक्कापक्की भएको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनु बाहेक जनमत बटुल्ने सार्मथ्य उनमा छैन। तर राप्रपाका चर्चित अनुसार धवल शम्सेर राणा मेयरमा नउठ्ने भएपछि उचो हाइट भएको व्यक्ति नभेटिएपछि नन्दलालबाटै काम चलाउने गरी उनलाई पार्टी प्रवेश गराइएको हो। उनी पार्टी प्रवेश गरे लगत्तै उनका विरूद्ध माओवादी कार्यकर्ताले गालीको वर्षा नै गरेका छन्। ती गालीको बर्षालाई नजरअन्दाज गरेका बैश्यले नेपालगन्जमा माओवादीले कहिल्यै हँसिया हथौडामा मत हाल्न नदिएको बताए। त्यही भएर राप्रपामा प्रवेश गरेको उनको भनाई छ।

माओवादीका जिम्मेवार नेताले समेत बैश्यको खेदो खनेका छन्। लुम्बिनी प्रदेश सदस्य समेत रहेका माओवादीका निर्वतमान जिल्ला अध्यक्ष आइपी खरेलले फेसबुकमा यस्तो लेखेका छन्ः मैले सधै नन्दलाल जि भने– सम्मान पनि सारै गरे तर एकदिन नन्दलालले भने आइपी दाइ 'हामी बानिया' हो, –घाटा नाफा ' सबै 'हिसाबकिताब गर्न जानेको छौ।'उहाँ प्रति मेरो बिश्वास त्यही दिनबाट टुट्यो। त्यही बिचमा एउटा ' दिदि – भाइको नाता जोडियो। 'दिदिले ' नन्दलालको नयाँ नामाकरण गर्दिनु भो ' नन्दु' आज बिहानै ' दिदी ' पुगिन ' नन्दुको घरमा। तर स्वार्थ भनेको स्वार्थ नै हो। सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा लागेका भाइ नन्दलाललाइ जितको शुभकामना छ। भाइ नन्दलाललाइ मेरो प्रश्न मात्रै हो। अहिलेसम्म तपाइले फेरबदल गरेका पार्टी कति भए ? म, भन्दा अगाडि गएर प्रचण्डलाइ ढाका टोपी लगाएको त मेयरको लागि पो रहेछ है ! आज प्रमाणित भो। 

माओवादी नेता नविन शर्माले यस्तो लेखेका छन्, 'नन्दुभाई तिमीले लगाएको टीका र मखमली फूलको माला सुकेको छैन। टीका लगाउँदा दिएको आशीर्वाद लागोस्। तिमीलाई अग्रिम शुभकामना। तिमीले नेताहरूलाई अप्ठ्यारो पर्दा (मन्त्री क्वाटर पस्दा) जुहारी कोट र कपडाहरू उपहार दिन नछोड्नु। कुनै मोडमा फेरि भेटौंला।'

प्रकाशित मिति: : 2022-04-22 18:25:00

प्रतिकृया दिनुहोस्