एमाले मुगुले टुंगायो उम्मेदवारी

नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ।

३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफना उम्मेदवारहरू टुंगो लगाएको हो। छाँयानाथ रारा नगरपालिकाको मेयरको लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश  गरेको एमाले मुगुले जनाएको छ।

पालिका प्रमुख र उपप्रमुखहरूहरूको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो। 

त्यस्तै, सोरू गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ।

प्रकाशित मिति: : 2022-04-23 06:53:00

प्रतिकृया दिनुहोस्