बिएल संवाददाता
अफिसमा छु
म एउटा अफिसमा छु
सानो काम थियो
कुरो फरक छ
हात्ती हात्ती भन्छन
हाकिम सापले
कर्मचारीले नास्ता भन्छन्
पिउनले चिया भन्छ
मेरा कुरा सुन्दैन्न
म भन्छु के हो
हात्ती त निकुञ्जमा छन्
चिडियाखाना छन्
फेरि हाकिम साप भन्छन्
तपाईंले बुझ्नु भएन
म पनि कस्तो उल्लु
उसले भनेको त
हात्ती हात्ती भनेको गाडी रहेछ
कर्मचारीले नास्ता भनेको
वियर भाेट्का रहेछ
होटलको महंगा बेड रहेछ
साथमा सुन्दरी रहेछ
बिल भुक्तानी गर्ने
पैसाको व्यवस्था व्यवस्था मिलाउने
म पाे रहेछु थुक्क
पिउनले कोट्याउँछ र भन्छ
म जान्छु अब
म भन्छु कहाँ जाने
ऊ भन्छ घर जान्छु
म हुन्छ भन्छु
ऊ एकछिन अक्मकिन्छ
फेरि भन्छ सुन्नोस्
घर जाने भाडा चाइयो
कस्तो देश हो मेरो
कस्ता अफिस हुन
हाकिमलाई हात्ती चाइने
कर्मचारीलाई तरुनी
पिउनलाई गाडी भाडा
होटललाई बिल भुक्तानी
म थकित भएँ सक्दिनँ
तिमीलाई सबथोक पुर्याउन
खल्ती खाली भयो अब
बिन्ती छ, हजुर सक्दिनँ
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया