सिद्धिचरणकी उपमेयर इच्छा गुरुङले एमालेबाट पाइन् मेयरको टिकट

ओखलढुंगाको सिद्धिचरण नगरपालिका मेयरमा एमालेले इच्छाकुमारी गुरुङलाई उठाएको छ। 

एमालेले वर्तमान उपमेयर समेत रहेकी गुरुङलाई मेयरको टिकट दिएको हो। 

२०७४ को स्थानीय निर्वाचनमा ४८२६ मत ल्याएर सिद्धिचरण नगरपालिकाको उपमेयरमा उनी निर्वाचित भएकी थिइन्।

त्यस्तै नगरपालिका उपमेयरमा वडा नम्बर १ का वर्तमान वडाअध्यक्ष केदारबाबु बस्नेतले टिकट पाएका छन्।

 
 

 

प्रकाशित मिति: : 2022-04-24 13:44:00

प्रतिकृया दिनुहोस्