उर्लाबारी नगरपालिकामा नेकपा एमालेबाट को-को बने उम्मेदवार? 

उर्लाबारी नगरपालिकामा नेकपा एमालेबाट हर्षोउल्लासका साथ सोमबार उमेदवार दर्ता गराएका छन्। 

जसमा मेयरमा गंगा खरेल र उपमेयरमा  मिना पौडेलले उम्मेद्वारी दर्ता गराएका छन्।

उर्लाबारीको राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा परिचित नाम हो, गंगाप्रसाद खरेल। 

 उर्लाबारीको राजनीति, सामाजिक र धार्मिक क्षेत्रमा उनले गरेको योगदान अविस्मरणीय छ। 

यस्तै उपमेयरको उम्मेद्वार बनेकी पौडेल पनि महिला अधिकारको क्षेत्रमा क्रियाशिल नाम हो। पौडेल लामो समयदेखी नेकपा एमालेमा सक्रिय रहेकी छन्।

यस्तै एमालेबाट वडा नं. १ मा तिलक पाण्डे, वडा नं. २ मा इन्द्र दाहाल, वडा नं. ३ मा भीष्म बुढाथोकी, वडा नं. ४ मा लक्ष्मीनारायण धिमाल, वडा नं. ५ मा रविन लामा, वडा नं. ६ मा घनश्याम भण्डारी, वडा नं. ७ मा उर्मिला थापा, वडा नं. ८ मा कुलबहादुर कार्की र वडा नं. ९ मा सुरेन्द्र सेर्मा लगायत अन्य ३६ जना सदस्यहरु सहित जम्मा ४७ ले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रकाशित मिति: : 2022-04-25 22:05:00

प्रतिकृया दिनुहोस्