मातार्तीथ औँसीको शुभकामना

आमा ममताकी खानी, दयाकी देवी। आमा शब्दको उच्चारण गर्दा नै मन धेरै प्रफुलित हुन्छ। भनिन्छ– नि भगवानको दोस्रो रुप हुन्, आमा। तर, सत्य यो हो की भगवानभन्दा पनि माथि छन्, ती महान आमाहरु।

आमाको जस्तो नि:स्वार्थ, माया र साचोँ कामना यो ससांरमा अरु कसैले गर्दैन। ती महान आमाहरुप्रति मेरो शिर झुक्छ। ९ महिना आफ्नाे कोख राखेर जीवनभर सत्यताको बाटो हिँडन सिकाउने आमा नै हुन्। आफ्नाे सन्तानलाई चोट लाग्दा, आमालाई दुख्छ, आमा आफ्नाे सबै पीडा भुलाएर सन्तानको खुसीमा रमाउछिन्। हामी सबैको जीवनमा हाम्रो प्रगातिमा रमाउने भनेको आमा बाहेक कोही हुँदैन्। हामी जति नै ठूलो भएपनि आमाको मायाको आवास सधैँ नै कम हुन्छ, आफ्नाे सन्तान आमाको लागि जहिल्यै नै सानो हुन्छौँ।

भगवानले कस्तो चीज बनाए आमालाई जति पीडा भएपनि सहन सक्ने क्षमता दिएको हुन्छ। आफू भोकै भए पनि आफ्नाे सन्तानको पेट भन्ने उनले कहिल्यै खाली राखदिनन्। हामी जति ठूलो हुदैँ जान्छौँ, हामीलाई त्यति नै आमाको कुराको वेवास्ता गर्दै हिँडछौँ तर पछि आमाको कुरा नसुनेको भएर पश्चताप हुन्छ। आमाले आफ्नाे सन्तानको लागि कहिल्यै कुभलो चिताउनुहुन्न।

नेपालमा आमाको मान/सम्मानको लागि हरेक वर्ष आमाकाे मुख हेरिन्छ। आमाको मुख हेर्ने दिन सन्तानहरुले आफ्नाे आमालाई मनपर्न कुरा बनाउने/खुवाउने गदर्छन्। त्यसदिन आमालाई कुनै कुराबाट पनि बञ्चित हुन दिँदैन। आमाको मुख हेर्ने दिनमा मात्र होइन् सन्तानले सधैँ आफ्नाे आमालाई माया र सम्मान दिएमा कोही आमाहरु पनि वृद्धाआश्राम पुग्नुपर्ने थिएन। अन्त्यमा, मातार्तीथ औँसीको सबै आमाहरूमा शुभकामना। 

प्रकाशित मिति: : 2022-04-30 17:05:00

प्रतिकृया दिनुहोस्