हामी चुनाव जित्नेमा ढुक्क छाैँ : नरबहादुर पुन (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन नजिकिँएसँगै यतिबेला देश नै चुनावतिर केन्द्रित भएको छ। नेताहरु चुनाव प्रचारप्रसार, पार्टी प्रवेश र घरदैलो अभियानमा व्यस्त छन्। हरेक चोक, चिया पसल, चौतारीदेखि लिएर हरेक घर–घरमा चुनावी बहस देख्न सक्किन्छ। 

यसै सन्दर्भमा बाग्लुङकाे जैमिनी नगरपालिकाको मेयर पदमा गठबन्धनको साझा उम्मेरदवार बनेका राष्ट्रिय जनमोर्चाका नेता नरबहादुर पुनसँग बिएल नेपाली सेवाको लागि ध्रुब बस्यालले गरेकाे कुराकानी प्रस्तुत छ:-


जैमिनी नगरपालिकाको मेयर पदमा उम्मेरदवारी दिएसँगै चुनावी अभियानलाई कसरी अगाडि बढाउनुभएको छ ?

म अहिले पनि चुनावी अभियानमै छु। हामीले हरेक ठाउँमा आफ्ना कुराहरु बताइरहेका छौँ। हामीले बिगतमा गरेका कामबाट जनता धेरै नै खुसी छन्। हाम्रो गठबन्धनकाे प्यानललाई विजय बनाउँछौँ भनेर जनताहरुकाे लस्कर लागेकाे छ। सकारात्मक प्रतिक्रिया पाएका छौँ।

तपाईंले चुनाव जित्ने आधारहरु के–के हुन् ?

सबैभन्दा पहिले गठबन्धन भएकाले मतादाता धेरै नै छन्, जित स्वभाविक नै छ। हाम्रो कार्यक्रम, घोषणा पत्र र हामीले गरेको काम देखेर जनता खुसी छन्, भाेट हाल्दा अन्त हात जाने कुरै भएन। त्यसमाथि हामीले अहिले जनतामाझ लगेर गएका याेजना नै मुख्य आधार हुन्।

चुनाव जितेपछि तपाईंले के–के गर्नुहुन्छ ?

सबैभन्दा पहिले हामीले उत्पादनलाई जोड दिने सोच बनाएका छौँ। हाम्रो देश कृषि प्रदान देश भएकाले कृषि क्षेत्र प्राथमिकमा रहने छ। कृषि प्रर्वधन, पर्यटन विकास, स्वास्थ्य, शिक्षा, यातायात, हरेक विकासका पूर्वाधार, सामाजिक सुरक्षालगायतका कुरालाई मुख्य प्रथमिकतामा राखेका छौँ। हाम्रो घोषणा पत्रमा लेखिएका सबै कुरालाई लागू गर्नुभन्दा पहिले प्रविधिक तथा हरेक क्षेत्रका योजनाहरु कसरी गर्दा उपयुक्त हुन्छ सुझाव लिएर मात्र काम गर्ने प्रतिबद्धता राखेका छौँ।

साँच्चिकै यी कुराहरू पूरा हाेलान् कि कुरा मात्रै हुन् ?

यो अहिले नै गर्छौँ भनेर भनिरहनु जरुरी छैन। चुनाव जितेर काम गरेर देखाउने हो। अरुजस्तै गफ दिने मानिस हामी हाेइनाैँ।

चुनावलाई कत्तिको चुनौतीपूर्ण रुपमा लिनुभएको छ ?

हाम्रो जित त सहजै छ, सुनिश्चित छ। हामी ढुक्क छौँ। त्यस्ताे कुनै चुनाैती नै देख्दैन म त। निक्कै आशावादी छौँ।

तपाईंंहरुको फरक–फरक विचार राख्ने कम्युनिस्ट र कांग्रेससँगको गठबन्धन छ, के कार्यकर्ताले भोट हाल्लान् त ?

नेपालको राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानलाई जोगाउन बनेको गठबन्धन हो। प्रतिगमनको खतरा रहेकाले देशको राजनैतिक राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो। चाहनाले बनेको गठबन्धन होइन। प्रतिगमनलाई रोक्न बनेको गठबन्धन हो। चुनाव जित्न वा व्यत्तिको स्वार्थका लागि बनेको गठबन्धन होइन। अहिलेको परिवेशमा आवश्यकताले बनेको गठबन्धन हो। एकआपसमा हातेमालो गरेर अगाडि बढेका छौँ भोट नहाल्ने भन्ने नै हुँदैन, बरू जनता त भाेट हाल्न आत्तुर  छन।

प्रकाशित मिति: : 2022-05-03 21:50:00

प्रतिकृया दिनुहोस्