जनताकाे माया नै मेराे चुनाव जित्ने मुख्य आधार हाे : पदम क्षेत्री (अन्तर्वार्ता)

‘२०७४ को निर्वाचनमा गलत मान्छेलाई भोट हालेर गल्ती गरियाे। हाम्रो गाउँपालिका निकै पछि धकेलियो। अब समग्र विकासका लागि राम्रो व्यत्ति चिन्ने बेला आएको छ।’

ध्रुब बस्याल

सन्धिखर्क
Breaknlinks
Breaknlinks

स्थानीय तहको निर्वाचनकाे मिति नजिकिँएसँगै यतिबेला राजनीतिक दलका नेता/कार्यकर्ताहरू चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छन। सबै उम्मेदवारले आफ्ना घोषणा पत्र तथा विभिन्न याेजना लिएर मतदाताकाे घरदैलाेमा पुगेका छन।

साेही सन्दर्भमा गठबन्धनकाे तर्फबाट अर्घाखाँचीकाे मालारानी गाउँपालिका प्रमुखकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का नेता पदम क्षेत्रीसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे कुराकानी प्रस्तुत छ:-


गाउँपालिका अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

सबैभन्दा पहिले त मलाई पाँच दलीय गठबन्धनले दिएको एउटा जिम्मेवारी हाे, याे।

देशमा भएको भ्रष्ट्राचार, प्रतिगामी कदम, संविधान र गणतन्त्रकाे रक्षा, निमुखा गरीब जनताको विकास, शिक्षा क्षेत्रमा आमुल परिर्वतन, स्वास्थ्य क्षेत्रमा सुधार, अपाङ्गहरुलाई नगरपालिकाबाट नि:शुल्क पालन/पोषण तथा राहतको व्यवस्था, सबै क्षेत्रमा समानता र हरेक वर्ग, धर्म, जातलगायतका विभेदको अन्त्यकाे लागि मेराे उम्मेदवारी हाे।

चुनावी कार्यक्रमलाई कसरी अगाडि बढाउनु भएकाे छ ?

हाम्रो गाउँपालिकामा दुईतिहाई मत लिएर विजय भएको नेकपा (एमाले)ले जनताको पक्षमा काम गर्न नसकेपछि यहाँका जनता निक्कै असन्तुष्ट छन्। साे पार्टीले यहाँको कृषि, बाटो खन्नेलगायतका कमिसन आउने कामबाहेक अरु काम नगरेका कारण जनताले स्थानीय सरकार भएकाे महसुस गर्न पाएका छैनन्। त्यसैले हामीले यहाँकाे विकास गर्न बनाएका याेजना तथा कार्यक्रमहरू लिएर जनताकाे घरघरमा पुग्ने काम भइरहेकाे छ। जे हाेस विगतमा पनि हामी जनताकाे साथमा थियाैँ, अहिले पनि जनतासँगै छाैँ।

तपाईं त यसअघिकाे निर्वाचनमा पनि पराजित हुनुभएकाे हाे, यसपटककाे चुनावलाई कत्तिकाे चुनाैतीपूर्ण रूपमा लिनुभएकाे छ ?

म एउटा गरीब जनताको छोरा हुँ। यस क्षेत्रमा सबैभन्दा बढी गरीब जनताहरुको बसोबास छ। यो पालिका भाैगाेलिक रुपमा पनि पछाडि रहेको देख्न सक्किन्छ। मैले आजसम्म गरेको काममा कुनै पनि भष्ट्राचार नगरेको, गरीब दुखीलाई नरुवाएको, कसैलाई अन्यय अत्याचार नगरेकाले यहाँका जनताले मलाई राम्रोसँग बुझेका छन्। जनताले मलाई नै भोट हाल्ने छन् भन्ने ढुक्क छु। जनताकाे साथ मसँग छ, जनताकाे साथ पाएपछि जस्तासुकै चुनाैती सामना गर्न सकिन्छ। मेराे जित निश्चित छ।

चुनाव जित्ने अन्य आधारहरु के–के छन ?

पहिलाे कुरा त हाम्रा याेजना तथा कार्यक्रमहरू उत्कृष्ट छन्। त्यसमाथि जनताको माया नै हाम्राे लागि चुनाव जित्ने मुख्य आधार हो, सँगै हामी गठबन्धन गरेर अगाडि बढेकाले हाम्राे जित त सुनिश्चित नै छ। त्यसमाथि यसअघिका जनप्रतिनिधिहरूकाे कार्यशैलीबाट जनताहरू असन्तुष्ट छन्, जनताले फरक साेच र विचारसँगै कुशल नेतृत्व चाहन्छन। सबै कुराबाट हामी यहाँकाे विकासकाे लागि याेग्य छाैँ। त्यसैले हाम्राे जित निश्चित छ।

तपाईंले चुनावी अभियानमा मतदाताहरूबाट कस्ताे प्रतिक्रिया पाउनु भएकाे छ ?

मतदाताहरुले असाध्यौ राम्रो प्रतिक्रिया दिनुभएको छ। २०७४ को निर्वाचनमा गलत मान्छेलाई भोट हालियो गल्ती गरिएछ, हाम्रो गाउँपालिका निकै पछि धकेलियो, हामी अब समग्र विकासका लागि राम्रो व्यत्ति चिन्ने बेला आएको छ। विकासको नाममा बाटो मात्र बनाए अरु केही देख्न सकिएन अब तपाईंलाई नै जिताउँछौँ भन्नु भएकाे छ।

कम्युनिस्ट पार्टी र फरक विचार भएको कांग्रेससँग तपाईंहरुको गठबन्धन छ, के सबैले तपाईंलाई सबैले भोट हाल्लान् त ?

यो गठबन्धन प्रतिगमनको विरुद्धमा भएको गठबन्धन हो। मैले जनतालाई सरल रुपले बुझाएको छु। २०४६ सालदेखि नेपाली कांग्रेस परिवर्तनमा लागेकाे पार्टी हाे, देशको अगुवा गदै जनताको मनमा बसेको दल हो, एमालेका केपी ओलीजस्तो प्रतिगमनकारी दल नरहेकाले जनतालाई बुझएका छौँ। देशको संविधान, राष्ट्रियताको लागि यो अवस्थामा पार्टी छुट्याउने समय हाेइन। जनमोर्चा, कांग्रेस र माओवादीलगायतका गठबन्धनका दलले भोट अरुलाई हाल्नु हुन्छ जस्ताे मलाई लाग्दैन। 

अन्त्यमा मतदाताहरुलाई के भन्नुहुन्छ ?

यो एउटा अवसर हो, गठबन्धनलाई भोट हाल्नुस्। विभिन्न लोभ लाल्चा, रक्सी, मासुजस्ता सामान्य पैसाको लोभले कसैको दादागिरीले उहाँहरुलाई नै भोट नहाल्नुस्। तपाईंहरुले यस्तो विभिन्न लोभले यस्तो कार्यमा लाग्नुभयो भने आफनो परिवार र समाजलाई बेच्दै हुनुहुन्छ। एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस्।

मालारानीमा एमालेको हर्कत : स्वतन्त्र उम्मेदवारको ‘अपहरण’, पत्रकारलाई धम्की (अडियोसहित)

प्रकाशित मिति: : 2022-05-04 21:40:00

प्रतिकृया दिनुहोस्