डिल्ली शाही
बाँकेको कोहलपुरमा एक दम्पती मृत फेला परेका छन्। कोहलपुर नगरपालिका– १४ ओढारपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत फेला परेका हुन्।
कोहलपुर प्रहरी प्रमुख डीएसपी ऐनबहादुर मल्लले कृष्णको बायाँ नाडी काटिएको र अञ्जलीको घाँटीमा डोरी देखिएको बताए।
‘सुसाइडजस्तो पनि देखिन्छ, चोटपटक त्यस्तो देखिएको छैन,’ उनले भने,‘चोरी जस्तो पनि देखिन्न, घटनाको गहन ढंगले अनुसन्धान गरिरहेका छौँ।’
हत्या वा आत्महत्या हो भन्ने प्रष्ट नभएको उनले बताए।
अहिले दम्पतीको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप कुराहरू पत्ता लाग्ला,’ उनले भने।
उनकाअनुसार कृष्णका दाइ भाउजू घरकै छतमा सुतेका थिए। भाउजूले बिहान कृष्ण र अञ्जलीलाई मृत देखेपछि प्रहरीलाई घटनाबारे जानकारी गराएको डीएसपी मल्लले बताए।






‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया