काेहलपुर घटना : आफ्नै दाजुले 'सुपारी' दिएर भाइ–बुहारी मार्न लगाएकाे खुलासा

डिल्ली शाही

काेहलपुर

बाँकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो।

विजयलाई घटनास्थलमा शंकास्पद अवस्थामा भेटेपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालकाे थियाे। अनुसन्धानका क्रममा विजयले याेजना बनाई सुपारी समेत दिएर मार्न लगाएकाे स्वीकारेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

विजयले प्रहरीलाई दिएकाे बयानअनुसार केही महिनाअघि मृतक कृष्ण र उनका बुबा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर विजयलाई घरायसी विषयलाई लिएर कुटपिट गर्न लगाएको कारण विजयले रिसिभि लिएर १८ दिनअघि केही व्यक्तिलाई भाइ–बुहारीलाई मार्न सुपारी दिएका थिए। साेही याेजनाअनुसार साेमबार राति ती व्यक्तिलाई बाेलाएर कृष्ण र अञ्जलीलाई मार्न लगाएका हुन्।

साेमबार राति खाना खाएर सुतेका दम्पती मंगलबार बिहानै मृत अवस्थामा आफ्नै निवासमा भेटिएका थिए। उक्त दम्पती मृत अवस्थमा घरमा भेटिँदा वियज र उनीकी श्रीमती साेही घरकाे छतमा सुतेका थिए।

प्रकाशित मिति: : 2022-07-26 20:30:00

प्रतिकृया दिनुहोस्