केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

File photo
File photo

नैरोबी–केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन्। एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ।


विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन्। 'पछिल्ला आठ महिनामा नौ हात्तीको तस्करी भएको छ जबकी यो अवधिमा खडेरीका कारण १७९ हात्ती मरेका छन्। यो ठूलो संख्या हो। जलवायु परिवर्तनबारे छलफल गर्ने समय आएको छ’ केन्याका पर्यटन मन्त्रालयका सचिव नाजिब बलालाले स्थानीय सञ्चारमाध्यमलाई भने।

जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर खतरालाई सम्बोधन गर्न सरकारले राष्ट्रिय वन्यजन्तु जलवायु परिवर्तन अनुकूलन रणनीति २०२२–२०३ तयार पारेको उनले बताए।
 

प्रकाशित मिति: : 2022-07-28 15:55:00

प्रतिकृया दिनुहोस्