बिएल संवाददाता
प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन्।
‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ।
देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ।
खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया