१२ वर्षमा पनि बनेन् मुलपानी क्रिकेट रङ्गशाला

काठमाडौँको मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्न सुरु भएकाे १२ वर्ष पूरा भइसकेको छ। २ सय ९५ रोपनी जग्गामा बन्दै गरेकाे सो रङ्गशाला यति लामो समय भइसक्दा पनि पूरा हुन सकेको छैन्।

राजधानीमा अवस्थित एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो, मुलपानी क्रिकेट रङ्गशाला। विगत १२ वर्षदेखि बन्दै आएको उक्त रङ्गशाला कहिले विनाशकारी भूकम्पले रोक्यो, त कहिले कोरोना महामारीले। यति लामो समयसम्ममा पनि रङ्गशालाको काम नसक्दिा खेल प्रेमीहरुको मनमा चिसो पस्न थालिसकेको छ।

मुलापानीमा दुई वटा रङ्गशाला छ, माथिल्लो र तल्लो। माथिल्लो रङ्गशालाको काम सकेर पनि सो रङ्गशालामा धेरै प्रतियोगिताहरु आयोजना भइसकेको छ। तर, तल्लो रङ्गशालामा विगत १२ वर्षदेखि रङ्गशालाको काम जारी छ। तल्लो रङ्गशाला चाँडै नबन्नुको कारण भने सो मैदानको जग्गा हाे। बन्दै गरेको रङ्गशालामा पहिले सुकुम्बासीहरु बस्दै आएका थिए, सुरुमा उनीहरुलाई हटाउन धरै गाह्रो भएको थियो, जसोतसो गरी राष्ट्रिय खेलकुद परिषदले सुकुम्बासीलाई हटाएर छाड्यो। सो जग्गा भने राष्ट्रिय खेलकुद परिषदको हो।

दोस्रो ढिलाइ हुनु कारण भनेको राखेपाको जग्गासगैँ मानिसको आफ्नाे व्यक्तिगत जग्गा, रङ्गशालाको बाउन्डिरभित्र मानिसहरुको निजी जग्गा परेपछि नेपाल सरकारले जग्गाको सट्टा गर्‍याे। अहिले पनि रङ्गशाला नजिकै सुकुम्बासीहरु बस्दै आइरहेका छन्।

मुलपानी क्रिकेट रङ्गशालाका संयोजक हुन, आर.के विष्ट। उनी विगत १२ वर्षदेखि रङ्गशालाका संयोजकका साथै मुलापानीका स्थानीय बासिन्दा हुन्। उनले बिएल नेपाली सेवासँग कुराकानीमा भने,'यो रङ्गशाला बन्न थालेको १२ वर्ष पूरा भइसकेको छ, अलि ढिलाइ हुनुको कारण ०७२ मा आएको भूकम्प र कोरोना महामारी हो। र, त्यस पश्चताप अर्का प्रमुख कारण भनेको नेपाल सरकारले यो रङ्गशालाप्रति ध्यान दिनु भएको छैन, हामीले उहाँहरुलाई पटक-पटक ध्यानआर्कषण गराउँदा पनि यस विषयमा खासै केही भएको छैन।'

यो रङ्गशाला बन्नको लागि कुल १ अर्ब खर्च लाग्छ, भने रङ्गशालामा १२ हजार दर्शक अटाउनेउन जेल जानकारी दिए। उनी भन्छन,‘सरकारले यो रंगशालालाई अलि बढी ध्यान दिए हुन्थयो, हाम्रो अहिले खेलकुद मन्त्रीले यो विषयमा एकदमै गम्भीरतापूर्ण ध्यानआर्कष्णा गराइरहनुभएको छ।’

उनले थपे, ‘क्रिकेटको यस्तो मोह बढिरहेको बेला क्रिकेट रंगशाला नबनी सक्दा यो एउटा दु:ख लाग्ने कुरा हो, रंगशाला यकिनका साथ कहिले बन्छ भनेर सकिँदैन तर हाम्रो आंकलनअनुसार अबको पाचँ वर्षभित्र बनिसक्छ।’

यही विषयमा नेपाल क्रिकेट संघ (क्यान)का बोर्ड केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले भने यो रङ्गशाला चाँडै नब्ननुको कारण यहाँ धेरै वर्ष जग्गाको विवाद भयो। उनले बिएल नेपाली सेवासँग भने,‘नेपाल सरकारले मुलपानी क्रिकेट रङ्गशालाको लागि ७ करोड बजेट छुटाएको छ। रङ्गशालाको लागि क्यानले गर्न सक्ने भनेको रङ्गशालाको इन्फाइन्सटक्चरबारे मात्र हो, रङ्गशालाको निर्माणाधिन काम क्यानभित्र पर्दैन्।’

सोही रङ्गशालामा कार्यरत इन्जिनियर प्रभात बडालले बिएल नेपाली सेवालाई भने, 'रङ्गशालाको काम निरन्तर भइरहेको छ, सो रङ्गशालाको सबै काम पूरा हुनको लागि एक अर्ब जति लाग्ने छ। सरकारले रङ्गशालातिर पनि केही ध्यान दिए राम्रो हुन्थ्यो, उहाँहरु यस विषयमा राम्रोसँग ध्यानआर्कषण भएको छैन्।'

अहिले नेपालको खेलकुद क्षेत्रमा सबैभन्दा लोकप्रिय बन्दै गएको खेल हो, क्रिकेट। तर, सोही खेल्नको लागि एउटा राम्रो रङ्गशाला बन्न नसक्दा यो खेलकुद क्षेत्रको लागि एउटा ठूलो चुनौती हो। १२ हजारभन्दा बढी दर्शक अटाउने उक्त रङ्गशालामा सरकारको ध्यानआर्कषण कहिले होला ?

खेलकुद जीवनको लागि एकदमै आवश्यक कुरा हो तर हाम्रो नेपालमा खेलकुद क्षेत्रको गति हेर्दा निकै नै कहालीलाग्दो र चिन्ताजनक छ। सरकारले खेलकुद क्षेत्रमा कराेडौँ लगानी गरेता पनि कुनै क्षेत्रमा पैसाको अपुगका कारणले गर्दा सो क्षेत्रको बदनाम हुँदै जान्छ। यहाँ पनि त्यही भएको हो, एक अर्ब लाग्ने उक्त रङ्गशालामा सरकारले जम्मा ७ करोड छुटाएको छ, सरकारले यो ज्याती गरेको होइन र ?

प्रकाशित मिति: : 2023-03-17 21:00:00

प्रतिकृया दिनुहोस्