पिपल्स क्याम्पस पुग्यो अनुगमन टोली 

उच्च शिक्षा गुणस्तर असुरेन्श र एर्क्येडिटेशन काउन्सिल टोली अनुगमनका लागि पिपल्स क्याम्पस पुगेको छ। असुरेन्शका प्रोफेसर डा शंकर थापाको नेतृत्वमा बुधबार अनुगमन टोली  क्याम्पस पुगेको हो। 

काठमाडौंको जेठो सामुदायिक क्याम्पसको रुपमा परिचित पिपुल्स क्याम्पसमा  तीनदिन अनुगमन हुने बताइएको छ। 

उक्त अनुगमनमा प्रोफेसर डा शंकर थापा, इक्यूएएसीका असिसयेन्ट डाइरेक्टर नारायण भण्डारीका साथै इक्यूएएसीका असिस्टेन्ट डाइरेक्टर समबिधा पाठक रहेका छन्।

अनुगमन टोलीका अनुसार पिपल्स क्याम्पसमा गुणस्तरीय शिक्षाको अनुगमन गर्न, कलेजका सरोकार वालाहरुसगँ छलफल गर्न, कलेजको बारेमा विश्लेषण गर्न, र कलेजलाई केही सुझाव दिन अनुगमन गरिएको हो।  

अनुगमनको पहिलो दिन आज विभिन्न विषयका सदस्यहरुलगायत कम्यूटर ल्याब र लाइबेरीको बारेमा अध्ययन गरिएको थियो। 


 

प्रकाशित मिति: : 2022-08-24 18:46:00

प्रतिकृया दिनुहोस्