‘बेन्को भी ७०’ मोडलको स्मार्टफोन नेपाली बजारमा 

बेन्को ब्राण्डको सस्तो फोनसहित ब्याट्री नेपाली बजारमा सार्वजनिक भएको छ। 

‘बेन्को भी ७०’ मोडलको स्मार्टफोन सहित ५००० एमएएचको ब्याट्री कम्पनीले नेपालमा ल्याएको हाे। 

यो फोन एन्ड्रोइड ११ 'गो' बाट सञ्चालित छ। सो फोनको पछाडि ८ मेगापिक्सेलको डुअल क्यामेरा छ भने अगाडि पनि ८ मेगापिक्सेल नै रहेको छ। 

६.५१७ इन्चको एचडी प्लस लार्ज डिस्प्ले रहेको यो फोन २ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा बजारमा पाउन सकिन्छ। 

यसमा स्मार्ट फेस तथा फिङ्गरप्रिन्ट रहनुकाे साथै ब्याट्रीमा पावर बढी भएकोले एकपटक 'फुल चार्ज' गर्दा सो फोन स्ट्यान्ड बाई ३१ दिनसम्म टिक्ने कम्पनीले बताएको छ। 

उक्त फोनको मूल्य नेपाली बजारमा ११ हजार ९९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: : 2022-09-05 18:45:00

प्रतिकृया दिनुहोस्