प्रतिस्णा रेग्मी
नेपाल र बंगलादेशबीच हुने एक मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।
बिहिबार अखिल नेपाल फुटबल सघं एन्फाले पत्रकार सम्मेलन गरी राष्ट्रिय टिमको घोषणा गरेको हो।
राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले टोलीमा २३ सदस्यको घोषणा गरेका हुन्। नेपाल र बंगलादेशबीच हुने एक मैत्रीपूर्ण खेल आउँदो असोज ११ गते दशरथ रगंशालमा हुनेछ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै प्रशिक्षक हुमागाईंले बंगलादेशविरुद्ध खेल जितको लागि खेल्ने बताएका थिए।
पूर्व प्रशिक्षक अब्दुला अल्मुतारीले राजीनामा दिएपछि राष्ट्रिय फुटबलको प्रशिक्षकमा हुमागाई नियुक्त भएका हुन्। त्यसैगरी राष्ट्रिय टिममा ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक स्थान बनाएका छन्।
मगंलबार हुने खेलका लागि बंगलादेश टोली शुक्रबार नेपाल आउने भएको छ।
हुमागाईंको नेतृत्वमा को–को परे राष्ट्रिय टोलीमा?
नवनिर्वाचित प्ररिक्षक हुमागाईंको नेतृत्वमा २३ टोलीको घोषण भएको छ भने बन्द प्ररिक्षणमा ३० जना रहेका छन्।
पूर्व प्ररिक्षक अल्मुतारीको टोलीमा परेका खेलाडी भने यसपटक राष्ट्रिय टोलीमा पर्न असफल भएका छन्। यसपटक राष्ट्रिय टोलीका कप्तान नवयुग श्रेष्ठ र सुनिल बल टिमबाट बाहिरिएका छन्।
नेपाली टोली :
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की।
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल।
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ।
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी।
पूर्व कप्तान नवयुग श्रेष्ठ प्ररिक्षक हुमागाईंमाथि किन खनिए ?
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफू राष्ट्रिय टोलीमा नपरेपछि खेलमा चलखेल भएको टिप्पणी गरेका छन्।
बिहिबार राष्ट्रिय टोलीमा आफू नपरेपछि उनले सामाजिक सञ्जालमार्फत चलखेल भएको बताएका हुन्। उनले लेखेका छन्, 'रोगको लक्षण–बिरामी हुदाँ भित्र, स्वेदश हुदाँ बाहिर रोगको नाम–चलखेल'।
तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी हुँदा एसियन कप छनोटको दोस्रो चरणमा नवयुगले कप्तानी गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया