प्रतिस्णा रेग्मी
काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्डको पार्किङका लागि खाली गराएको भवनमा पार्किङ सुरु भएको छ।
नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजामा पार्किङका लागि खाली गराएको भवनमा आजबाट पार्किङ सेवा सुरु भएको हो।
महानगरले पहिलोपटक बानेश्वर प्लाजाबाट अवैध सरंचना हटाउन सुरु गरेको थियो। सोही पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्यायएको हो।
उक्त पार्किङ एरियामा दुई पाग्रें सवारी साधन मात्र राख्न मिल्छ, जहाँ प्रतिघण्टाको २५ रुपैयाँ शुल्क बुझाउनुपर्ने छ।
महिना दिनअघि काठमाडौंका मेयर बालेन शाहसहित डिआइजी मीरा चौधरीको टोली बानेश्वरमा बनाइएका अवैध संरचना हटाएको हो।
त्यसैगरी काठमाडौं ट्राफिक महाशाखाका इन्सपेक्टर किशोर तामाङले नयाँ बानेश्वर चोकको पार्किङ व्यविस्थत हुने बताए।
‘बानेश्वरको प्लाजामा पार्किङ सुरु भएको छ, यसले अब यहाँको अस्तव्यस्त पाकिङलाई व्यवस्थित बनाउनेछ’ उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘फुटपाथमा रोकेको सवारी साधनलाई महानगरको गाडी आएर उठाउँछ र ट्राफिक महाशाखा लग्छ तर महाशाखाले केही गर्दैन तर अब पार्किङ व्यवस्थित भएको छ।’
आजदेखि सुरु भएको पार्किङ क्षेत्रमा २०० वटा सवारी साधना राख्न मिल्ने उनले बताए।


‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया