बिएल संवाददाता
बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ।
विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन्।
समितिका प्रवक्ता शमीम अहसानले भने, 'बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन्।'
अहसानका अनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन।
उनले भने, 'अहिले पनि अनुसन्धान भइरहेको छ।' प्राविधिक खराबीका कारण पनि अनुसन्धान भइरहेको उनले बताए।
सहायक प्रविधि मन्त्री जुनैद पलकले फेसबुकमा भनेका छन्, 'राजधानी ढाकामा राति ८ बजेभित्र विद्युत सेवा सुचारु हुनेछ।
रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बङ्गलादेशले हालैका महिनाहरूमा ठूलो विद्युत् सङ्कटको सामना गर्नुपरेको बताउने गरिएको छ।
बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्याँसको मूल्य चुकाउन संघर्ष गरिरहेको दक्षिण एसियाली राष्ट्रमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश तीव्र भएको छ।
पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा बङ्गलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया