
बिएल संवाददाता
श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ।
श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले मङ्गलबार जानकारी दिएका हुन्।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार स्वीकृति दिएको उनले बताए। उक्त निर्णय तत्काल कार्यान्वयन गरिने सराकारका प्रवक्ताले बताएका छन्।
उनले भने, 'हालैका महिनाहरूमा, विद्यालयका बच्चाहरूको पोषणको बारेमा धेरै चिन्ताहरू भएका छन्। आर्थिक सङ्कटका कारण धेरै बालबालिका बिहानको खाजा नखाई विद्यालय आउने गरेको समाचारहरु आएका थिए। यो पहलले चिन्तालाई सम्बोधन गर्नेछ।'
श्रीलङ्का सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइसकेको र यसबाट सरकारलाई वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने बताउँदै उनले थप १० लाख विद्यालयका विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुने बताए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया