सन्दीपका वकिल भन्छन्– अनुसन्धान सकियाे, छिट्टै फैसला आउँछ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १५ दिनदेखि गौशाला प्रहरी वृत्तको हिरासतमा छन् ।

नाबालिग बलात्कारकाे आराेपमा उनलाई हिरासत राखेर प्रहरीले अनुसन्धान गरिरहेकाे छ। १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा उनीविरूद्ध गत भदाै २१ मा जाहेरी दर्ता भएको थियाे। भदौ ५ गते सन्दीपले आफूलाई काठमाडौँको काठमाडौँ हाेटल इनमा लगेर पटक–पटक बलात्कार गरेको किशाेरीले जाहेरीमा बताएकी छन्।

क्रिकेट खेल्न नेपाल बाहिर गएका सन्दीपलाई नेपाल फर्किने क्रममा असाेज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे थियाे। सन्दीपले आफूविरूद्ध लागेकाे आराेप झुट भएकाे र नेपाल फर्किएर आत्मसमर्पण गरी अनुसन्धानमा सघाउने बताए पनि प्रहरीले उनलाई पक्राउ गरेर हतकडी लगाएकाे थियाे।

सन्दीपको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले आत्मासमर्पण गर्न आएको व्यक्तिलाई हतकडी लगाउनु गलत भएकाे बताएका छन्। ‘सन्दीपले आफू कुन बेला, कति बजे, कुन विमानमार्फत नेपाल फर्किने भन्ने बारेमा जानकारी दिएका थिए,’ अधिवक्ता घिमिरेले बिएल नेपाली सेवासँग भने,‘उनी आउँछु भन्दा भन्दै पनि प्रहरीले उनलाई हतकडी लगाउन हुन्थेन, हतकडी लागाउन एउटा अपराध गरेको हुनु पर्‍याे तर सन्दीपविरूद्ध बलात्कारको आरोप मात्र लागेको हो।’ सन्दपीले आफ्नाे सामाजिक सञ्जालमार्फत् आफ्नाे पक्षबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले वाकलत गर्ने जनाकारी दिएका थिए।

अहिले सन्दीपको अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनलाई पहिलाे पटक असोज २० गतेदेखि २७ गतेसम्म लागू हुने गरी ७ दिन म्याद थप गरेर अनुसन्धान गरेकाे थियाे। भने, दोस्रो पटक असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म लागू हुने गरी ५ दिन म्याद थप गरेको थियो। त्यस्तै तेस्रो पटक प्रहरीले अनुसन्धानको लागि ७ दिन म्याद थप मागे पनि अदालतले कात्तिक २ गतेदेखि ६ गतेसम्म लागू हुने गरी ४ दिन म्याद थपिएकाे छ। सन्दीपको अनुसन्धान सकिएकाे गौशला प्रहरीले जानकारी जनाएकाे छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धानको पत्राचार गर्न, आफूले अदालतमा सबै कागजात बुझाइसकेको र सन्दीपले पनि कानुनलाई साथ दिएको अधिवक्ता घिमिरेले जानकारी दिए। केही दिनयता पीडित भनिएकी नाबालिगको दुईवटा जन्मदर्ता भएको कुराले चर्चा पाएको थियो । सन्दीपकै पक्षबाट मुद्दा लडिरहेकी सुधा रिजालले नाबालिगको दुईवटा जन्मदर्ता फेला परेको दाबी गरेकी थिइन् । तर,  अधिवक्ता घिमिरिले भने यस बिषयमा आफू अनविज्ञ रहेको बताएका छन्। उनी भन्छन्, ‘मैले नाबालिगको दुईवटा जन्मदर्ता भएको कागजात फेला पारेको छैन, सुधाजीले आफ्नाेअनुसार फेला परेको भन्नु भयो होला।'

म यस विषयमा अनविज्ञ छु,’ अधिवक्ता घिमिरेले भने। बलात्कार आरोप लागेका आरोपीहरुलाई पुर्पक्ष थुनामा राख्ने कानुनी प्रक्रिया छ। गत वर्ष अभिनेता पल शाहालाई पनि बलात्कार आरोप लागेको थियो भने उनलाई पछि अनुसन्धन नसकेको भन्दै पुर्पपक्ष लागि थुनामा राखिएको थियो। नेपाली राष्ट्रिय क्रिकेटमा पूर्व कप्तान समेत रहेका लामिछानेको भने प्रहरीले भोलि पत्राचार गर्दैछ। ‘बलात्कार आरोप लागेका आरोपीलाई जनमानसलार्ई देखाउनको लागि पुर्पपक्ष थुनामा राखिएकाे होइन। उनकाे सबै अनुसनधान पूरा नभइसक्दा मात्र पुर्पक्ष थुनामा राखिन्छ,’ अधिवक्ता घिमिरेले भने। सन्दीपले अदालतसामु आफ्नाे गोपिनयता भङ्ग भएको र यसको कानुन उपचारबारे जिज्ञासा समेत राखेका थिए। बलात्कार आरोपीहरुकाे लागि भने २ महिनासम्म म्याद थप गर्न कानुनी प्रक्रिया छ।

पीडित र आरोपीको फरक–फरक बयान

गत भदौ २१ गते पीडितले दिएकाे बयानअनुसार सन्दीपले किशाेरीलाई जबरजस्ती नगरकोट लिएर गएको र राति जानीजानी ढिलो गरी काठमाडौँ फर्काएको र काठमाडौँको काठमाडौँ होटल इनमा लागेर राति ११:५५ बजेपछि पटक–पटक बलात्कार गरेका थिए। सन्दीपले मदिरा सेवन गरी बलात्कार सेवन गरी जबरजस्ती गरेकाे किशाेरीकाे बयानमा उल्लेख छ। तर, सन्दीपले भने यी सबै झुट भएकाे दाबी गरेका छन्। उनकाअनुसार पीडितले नगरकोटबाट काठमाडौँको भ्यू हेर्न मन लागेकाे र त्यहीँ गएर खाजा खान मन लागेकाे बताएपछि नगरकाेट पुगेका हुन्।

आफ्नाे होस्टेल जुनबेला पनि खुल्ने बताएपछि ढिला गरी फर्किएकाे तर फर्किँदा हाेस्टेल बन्द भएपछि हाेटलमा बसेकाे सन्दीपकाे भनाइ छ। सन्दीपले दिएकाे बयानअनुसार त्यसदिन सो होटेलमा एउटा मात्रै कोठा खाली भएकाेले त्यसमै दुबै जनाले रात बिताएका हुन्।

कहाँ छिन् पीडित भनिएकी नाबालिग ?

गत भदौ २१ गते जाहेरी दर्ता भएसगैँ उनी अहिले काठमाडौँको पिगांलास्थानस्थित माइती नेपालको शरणमा छिन् । बुबा र आमाको सम्बन्धविच्छेदपछि उनी काठमाडौँको होस्टेलमा बसेर पढिरहेकी थिइन्।

पढाइमा अब्बल रहेकी उनलाई माइती नेपालले भित्रै पढ्ने व्यवस्था मिलाएको  बताइएको छ । सामाजिक सञ्जाल समेत निष्क्रिय गरेकी अहिले उनलाई पढ्नका लागि ल्यापटप उपलब्ध गराइएकाे छ।

प्रकाशित मिति: : 2022-10-22 18:56:00

प्रतिकृया दिनुहोस्