यी खेलाडीकाे लागि कतार विश्वकप अन्तिम हुन सक्छ !

Photo: Agency
Photo: Agency

फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल– २०२२ काे बल मैदानमा उफ्रिन र विश्वका चर्चित खेलाडीहरु प्रतिस्पर्धामा दाैडिन अब मात्रै १० दिन बाँकी छ।

कतारले आयोजना गर्न लागेको २२औँ संस्करणकाे विश्वकप नजिकिँदै गर्दा अहिले प्रतियाेगिताबारे चर्चा/परिचर्चा त भइनैरहेका छन। त्यससँगै याे विश्वकपपछि के–के हुँदैछन् ? त्यसबारे पनि पनि धेरै आँकलन र साेच विचार गर्ने क्रममा जारी छ। त्यही आँकलनकाे एउटा अंश हाे, अहिले आफ्नाे देशलाई विश्वकपकाे उपाधि जिताउने कसरतमा रहेका खेलाडीहरु अर्काे पटक हुने विश्वकपकाे मैदानमा उत्रिएलान् कि नाई ? भन्ने।

आज हामीले कतार विश्वकप कुन–कुन खेलाडीकाे अन्तिम विश्वकप हुने सम्भावना छ भन्नेबारे चर्चा गरेका छाैँः


यसपटकको विश्वकप विश्वप्रख्यात खेलाडी मेस्सी र रोनाल्डोको अन्तिम विश्वकप हो। फुटबलका राजा मानिने उनीहरु अब सन् २०२६ मा हुने विश्वकप देखापर्ने छैनन्। तर, यसपटकको विश्वकप मेस्सी र रोनाल्डोबाहेक अन्य पपुलर खेलाडीहरुको पनि अन्तिम विश्वकप हुन सक्छ।

नेयमार

लियाेनल मेस्सी र क्रिस्ट्यानाे रोनाल्डोपछि विश्वका प्रख्यात फुटबलर हुन्, नेयमार जुनियर। ब्राजिलियन राष्ट्रिय टिम तथा फुटबल क्लब रियल मडिड्रका फरवार्डर नेयमारकाे कतार विश्वकप अन्तिम विश्वकप हो। सन् २०१५ र २०१७ मा ब्लुन डिआर पाएका उनी ब्राजिलका दोस्रो धेरै गोल गर्ने खेलाडी हुन्।

उनले सन् २०११ मा दक्षिण अमेरिकी फुटबलर अफ द एयरको अवार्ड पाएका थिए। उनले शन्तोस, बार्सिलोना र पिएसजीजस्ता ठुला क्लबबाट खेलेका छन्। ब्राजिलियन समाचार संस्थाकाअनुसार उनको आगामी कतारमा हुने विश्वकप अन्तिम विश्वकप हो। उनी कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारीमा छन्। सन २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा उनी घाइते भएर विश्वकप गुमाएका थिए।

लुइस स्वारेज

सन १९८७ मा उरुग्गेमा जन्मेका स्वारेज उरुग्गे राष्ट्रिय टिमका स्ट्राइकर तथा उरुग्गेएन प्रिमियर डिभिजनका खेलाडी हुन्। फुटबल क्लब बार्सिलोनाबाट खेलेका उनी सोही क्लबबाट आफूलाई विश्वमा परिचित गर्न सफल भए। उनले आफ्नाे देश र क्लबका लागि ५ सय गोल गरेका छन्।

उनले पनि कतारमा हुने विश्वकपपछि फुटबलबाट सन्यास लिने भएका थिए। उनले सन २००५ मा सिनियर टोलीबाट डेब्यू गरेका थिए। उनले १ सय ३४ खेलमा ५६ गोल गरेका छन्। उरुग्गेले हालसम्म एक पटक मात्रै विश्वकप जितेको छ।

करिम बेन्जामीन

यस वर्षको ब्लुन डिआर बिजेता हुन्, करिम बेन्जामीन। फ्रान्सेली राष्ट्रिय फुटबल टोली तथा रियल मडिड्रका स्ट्राइकर करिमको पनि यसपटकको विश्वकप अन्तिम हो। उनले १९ वर्षको उमेरबाट सिनियिर टिममा डेब्यू गरेका थिए।

उनी आफूले खेलिरहेको क्लब रियलबाट २३ ट्रफी जित्न सफल भएका थिए। फुटबल खेलमा खेलाडी ३४ वर्ष हुनसाथ फुटबलबाट सन्यास लिने गर्छन्, सोही कारणले गर्दा याे विश्वकप उनको अन्तिम विश्वकप हो। उनी अहिले विश्वका नम्बर एक खेलाडी।

एन्जल डि मारिआ

अर्जेन्टिनाकाे राष्ट्रिय टोली तथा युभेन्टसका अटायकी विंगर एन्जल डि मारियाको पनि यसपटक अन्तिम विश्वकप हुँदैछ। उनीले सन् २००८ मा अन्तराष्ट्रिय डेब्यू गरेका थिए।

उनले चाेटका कारण सन् २०१४ काे विश्वकप पनि गुमाएका थिए।

थोमस मुलर

जर्मनी राष्ट्रिय टोली तथा बार्यन म्युनिखका अटायकी मिडफिल्डर थोमस मुलरको पनि यसपटकको विश्वकप अन्तिम विश्वकप हो। ३३ वर्षका उनी सन २०१४ को विश्वकप ठुलो भूमिका निर्वाह गरेका थिए।

उनले सन २०१० बाट जर्मनी राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनको हालसम्म् ३२ वटा ट्रफी हासिल गरेका छन्।

लुक्का मोड्रिक

सन २०१८ को विश्वकपको उपविजेता राष्ट्र क्रोसियाका कप्तना तथा रियल माड्रिडका मिडफिल्डर लुक्का मोड्रिक अब सन् २०२६ मा हुने विश्वकपमा देखिने छैनन्। ३७ वर्षीय मोड्रिकले सन २०१८ मा भएको विश्वकपमा ठुलो भूमिका निर्वाह गरेका थिए। उनले सोही वर्ष गोल्डेन बल पाएका थिए।

उनी ३७ वर्ष भएकै कारणले गर्दा पनि उनी यसपटको विश्वकपमा मात्र देखापर्ने छन्। सन २०१८ को विश्वकपपछि उनी विश्व प्रख्यात भएका थिए।

म्युनिख निउर

विश्वका सबैभन्दा उत्कृष्ट गोलकिपर हुन्, म्यानुएल निउर। उनी पाचँ पटकसम्म उत्कृष्ट गोलकिपरको सूचीमा परेका थिए। जर्मनी राष्ट्रिय टोली तथा बार्यन म्युनिखका गोलकिपर म्युनिखको पनि कतारमा हुने विश्वकप अन्तिम विश्वकप हो।

सन् २०१४ मा जर्मनी विश्वकप बिजेता बनेको थियो, उनले सोही विश्वकपमा राम्रो भूमिका निर्वाह गरेको कारणले गर्दा सोही वर्ष उनले गोल्डने गल्पस समेत पाएका थिए।

इडिसन कावानी

सन १९८७ मा जन्मेका इडिसन कावानी उरुग्गे तथा फुटबल क्लब भ्यालेनसाका स्ट्राइकर हुन्। सन २००८ मा अन्तराष्ट्रिय डेब्यू गरेका उनले १२९ ओटा खेलमा ५६ गोल गरेका छन्।

उनी ३५ वर्ष भएकै कारणले गर्दा कतारमा हुने विश्वकप उनको अन्तिम विशवकप हो। उनी पनि एक प्रख्यात खेलाडीको सूचीमा पर्छन्।

प्रकाशित मिति: : 2022-11-10 07:20:00

प्रतिकृया दिनुहोस्