बिएल संवाददाता
हामीले कुरिलोलाई तरकारीको रुपमा बढी प्रयाेग गर्ने गर्दछौं। तर, यसको प्रयोग गर्दा तरकारी मात्र नभई स्वास्थ्यमा आउने धेरै समस्याहरुमा पनि फाइदा हुने गर्छ। अझ कुरिलोको जरालाई बुद्धिवर्द्धक, अग्निवर्द्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ।
कुरिलो नियमित सेवन गर्दा महिलाका लागि समेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्नुको साथै शारीरिक दुर्बलता हटाउन, महिनावारी गढबडी ठीक पार्नका लागि समेत कुरिलो उपयोगी हुन्छ।
कुरिलोको तरकारी वा सुप बनाएर खाँदा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ। यो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
नियमित कुरिलो खाने गरेमा क्यान्सर हुने सम्भावना कम हुने गर्दछ। कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया