बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले कांग्रेस सभापति गगन थापालाई जवाफ फर्काएका छन्।
पार्टीको १५औं महाधिवेशन खुलामञ्चमा उद्घाटन गर्दै सभापति थापाले सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलामञ्च आवश्यक रहेको टिप्पणी गरेका थिए।
‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ थापाले भनेका थिए। सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताएका थिए।
गगनलाई प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुक स्टाटसमार्फत जवाफ फर्काएका छन्। उनले खुलामञ्च खुला गरिदिएकोले पार्टीका नेताहरूले गाली गर्न पाएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया