दुई संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले क्षेत्र नम्बर १ र एमालेले क्षेत्र नम्बर २ मा अग्रता बनाएको छ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का अग्रस्थानमा छन्। उनले २१०८ मत ल्याएका छन्। यस्तै एमालेकी मन्जुकुमारी चौधरीले १८८० मतका ल्याएकी छिन्।
यस्तै क्षेत्र नं २ मा भने एमालेले अग्रता बनाएको छ। एमालेका अम्वरबहादुर रायामाझी ७२६० मत ल्याई अग्रस्थानमा छन्। उनलाई नेकपा एकिकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले ६०५३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले ४६२२ मत ल्याएर तेस्रो स्थानमा छन्। राई नेपाली कांग्रसका क्षेत्रीय सभापतीसमेत हुन्।
यस्तै प्रदेश १(१) मा नेकपा एमालेका कुशल वावु बस्नेत १६५५ मतका साथ अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धि नेकपा माओवादीका राजन किराँती १६१४ मत ल्याउँदा राप्रपामा सुभास चन्द्र खड्काले ३०९ मत ल्याएका छन्।
प्रदेश १(२) मा निवर्तमान संसद हिमाल कार्कीले अग्रता कायम गरेका छन्। उनले २६१५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका ईश्वर मणि राउतले २०६१ मत ल्याएका छन्। उनीहरुलाई राप्रपाका ज्ञानबहादुर राई ३७२ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर २ को प्रदेशसभाको भने मतगणना सुरु भएको छैन।