धादिङ १ (क)मा कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी

धादिङ १ (क) बाट कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी भएका छन्। उनी प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन्।

श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन्। यहाँ कुल ४४ हजार ६ सय १२ मतदाता छन्।

प्रकाशित मिति: : 2022-11-23 16:28:00

प्रतिकृया दिनुहोस्