ताप्लेजुङ (१) मा एमालेका तिलकुमार मेन्याङबो विजयी

ताप्लेजुङको प्रदेशसभा (१) मा नेकपा एमालेका तिलकुमार मेन्याङबो विजयी भएका छन्। 

नेकपा एकीकृत समाजवादी पार्टीका खेमबहादुर वनेमलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

मेन्याङबो १२ हजार ७७२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी वनेमले ८ हजार ७३३ मत ल्याएका छन्।

यस्तै प्रदेश (२) मा नेपाली कांग्रेसका खगेनसिङ हाङगाम निर्वाचित भएका छन्। एमालेका गोपाल थोप्रालाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचित भएका हाङगामले १० हजार ४९६ र थोप्राले ९ हजार २४८ ल्याए।

प्रतिनिधिसभामा पनि एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मत ल्याई विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गरेका हुन्। पराजित खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-24 11:52:00

प्रतिकृया दिनुहोस्