जनमत: सुकुम्बासीकाे नाममा हुकुम्बासी गर्नु भएन (भिडियाे)

BreaknLinks
BreaknLinks

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरू सोमबारदेखि निरन्तर आन्दोलनमा उत्रिएका छन्। उनीहरुले सरकारले सही व्यवस्थापन नगरिकन हटाउन खाेजेकाे भन्दै विराेधमा उत्रिएका हुन्।

उनीहरुले आफ्नाे मागको सम्बाेधन नभएको भन्दै बुधबारबाट अनशन सुरु गरेका छन्। तर, महानगरले उनीहरु वास्तविक सुकुम्बासी नरहेकाे दाबी गरिरहेकाे छ। महानगरले जबर्जस्ती सुकुम्बासीहरु हटाउन खाेजेपछि महागनर र सुकुम्बसीहरूबीच एक किसिमकाे विवाद चर्किएकाे छ। यही विषयलाई लिएर अहिले मानिसहरु पक्ष/विपक्षमा खुलेर बाेल्न थालेका छन्।

‘साँच्चैको सुकुम्बासी नभएकोहरुले सरकारी जग्गा हडपेका छन् तर उनीहरुलाई केही विकल्पसहित हटाउँदा उचित हुन्छ। वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्छ। तर, सुकुम्बासीको नाममा हुकुम्बासी बनेकाहरुलाई कारबाहीकाे दायरामा ल्याउनुपर्ने मेरो माग हो,’ बानेश्वरमा भेटिएका भरत रावलले तर्क गरे।

उनले मेयर बालेन शाहले यति ठुलाे समस्यासँग जुधिरहँदा केन्द्र सरकारले साथ नदिएकाे भन्दै असन्तुष्टि जनाए।

त्यस्तै जितबहादुर बस्नेतले सुकुम्बासीहरुमाथि प्रमुख दलहरुले नै राजनीति गरेर समस्या थप्दै गएकाे दाबी गर्छन्।

‘नेताले सुकुम्बासी आयोग गठन गर्दै भोट माग्ने बाटो बनाए, राजनीति मात्र भयो, साँच्चैको सुकुम्बासीलाई प्रयोग मात्र गरियो। भोट माग्ने थलो बनाइयो चुनावको बेला यो वा त्यो गर्छाेँ भन्दै आएको देखिन्छ। नेताहरुले आफ्नाे दुनो मात्र सोझाए,’ उनले भने।

सुकुम्बासीहरुकाे बिचमा काठमाडाैँमै घर भएकाहरुले हुकुम्बासी प्रवृत्ति देखाएर समस्या उत्पन्न गरेकाे उनकाे आराेप छ।

तर, शेखरप्रसाद श्रेष्ठ भने महानगरकाे अहिलेकाे कदम ठिक नभएकाे बताउँछन्। उनले महानगरकाे याे कदमले नागरिककाे स्वतन्त्रताकाे अधिकारमाथि हनन् भएकाे दाबी गर्छन्।

‘महानगरको यो कदम उचित छैन। नागरिकको स्वतन्त्रता हनन् भयो, साँच्चैको सुकुम्बासीलाई व्यवस्थापन गरिनुपर्छ,’ उनले भने।

यसरी अहिले याे विषयलाई बहस र तर्क/वितर्क चलिरहेका बेला हामीले नयाँ बानेश्वरमा भेटिएका केही मानिसहरुकाे धारणा समेटेका छाैँ:

भिडियाे :

प्रकाशित मिति: : 2022-11-30 19:35:00

प्रतिकृया दिनुहोस्