विश्वकप फुटबल: समूह चरणका अन्तिम दुई खेल किन एकै समयमा हुन्छ ?

Photo : Gary Thacker
Photo : Gary Thacker

सन् १९८२ मा अल्जेरियाले पहिलोपटक विश्वकप फुटबलमा छनोट भएको थियो। 'समूह २' मा परेको अल्जेरियाले समूह चरणको खेल पश्चिम जर्मनी, अस्ट्रिया र चिलीसँग खेलेको थियो।

पहिलोपटक विश्वकपमा छनोट भएको अल्जेरियाले समूह चरणअन्तर्गतको पहिलो दुई खेल जित्यो। अल्जेरियाले पश्चिम जर्मनीलाई २-१ र चिलीलाई ३-२ ले पराजित गरेको थियो भने अस्ट्रियासँग २-० ले पराजित भएको थियो।

१९८२ काे विश्वकपका समूह चरणको अन्तिम खेल पश्चिम जर्मनी र अस्ट्रियाबीच भएको थियो। समूह चरणको अन्तिम खेलसम्म आइपुग्दा अल्जेरिया र अस्ट्रिया दुवैको ४/४ अंक थियो भने पश्चिम जर्मनी २ अंकले तेस्रो स्थानमा थियो। त्यसबेला एउटा खेल जित्दा २ अंक मात्र जोडिन्थ्याे।

पश्चिम जर्मनीलाई नकाउट चरणमा पुग्न अस्ट्रियाविरुद्धको खेलमा १ अथवा २ गोलले प्रतिद्वन्द्वी अस्ट्रियालाई हराउन पर्ने थियो। समूह चरणअन्तर्गतको अन्तिम खेलको १०औं मिनेटमा पश्चिम जर्मनीले गोल गर्यो तर दुवै टोलीले ८० मिनेटसम्म गोल गर्न प्रयास पनि गरेनन्।

पश्चिम जर्मनी र अस्ट्रियाबीच सोही तरिकाले खेल्ने सम्झाैता भएको धेरैले अनुमानसमेत गरेका थिए। सोही तरिकाले खेलेकाे कारण दुवै टोली नकआउट चरणमा पुगेकाे थियाे।

धेरै दर्शकहरूले यो खेलविरूद्ध विरोधको नारा लगाइएका थिए। अल्जेरियाली फ्यानहरुले खेलाडीहरूलाई बैंक नोटको प्रदर्शन गरी ‘म्याच फिक्सिङ’ को आरोपसमेत लगाए।

समूह चरणको खेल १-० को बराबरीमा सकिएपछि अल्जेरिया प्रतियोगिताबाट बाहिरिएको थियो। अल्जेरिया समूह चरणबाट बाहिरिएपछि दुवै टोलीमाथि ‘म्याच फिक्सिङ’ को आरोप लागेको थियो। तर फिफाले यस विषयमा खासै चासो दिएन। त्यो म्याचलाई 'गिजोनमा भएकाे अपमान' भनेर चिनिन्छ।

उक्त खेलपछि अन्य खेलहरुमा समेत यस्तो प्रवृति देखा परेपछि फिफाले म्याच फिक्सिङको शंका गरी अनुसन्धान गरेकाे थियाे। अनुसन्धानपछि म्याच फिक्सिङ भएको आशंकासमेत गरिएकाे थियाे।

त्यसपछि फुटबल खेलको महत्व जोगाउन फिफाले समूह चरणको अन्तिम दुई खेल एकै समयमा गर्न थालेको हो।

प्रकाशित मिति: : 2022-12-01 17:15:00

प्रतिकृया दिनुहोस्