बिएल संवाददाता
नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्।
उनी शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएको बालुवाटारनिकट स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा र उपमहासचिव गुरुङबीच ३३ मिनेट भलाकुसारी भएको हो।
संसदीय अंक-गणित र आगामी नयाँ सरकारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर दूतका रुपमा बालुवाटार गएका गुरुङले देउवालाई चुनावी जीतको बधाई तथा शुभकामनासमेत दिएका छन्।
‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ सन्देश बोकेर उपमहासचिव पीएस कमरेड बालुवाटार जानुभएको थियो,’ गुरुङनिकट एक केन्द्रीय सदस्यले भने, ‘सम्भवतः ओली र देउवाबीच चाडै भेटवार्ता हुनसक्छ।’
प्रधानमन्त्री देउवालाई भेटेलगतै गुरुङ बालुवाटारबाट निस्केर बागबजारस्थित प्रेस चौतारी नेपालले आयोजित कार्यक्रममा गएका हुन्। सत्ता राजनीतिका दृष्टिकोणले उनीहरूको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया