बिएल संवाददाता
नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्।
उनी शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएको बालुवाटारनिकट स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा र उपमहासचिव गुरुङबीच ३३ मिनेट भलाकुसारी भएको हो।
संसदीय अंक-गणित र आगामी नयाँ सरकारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर दूतका रुपमा बालुवाटार गएका गुरुङले देउवालाई चुनावी जीतको बधाई तथा शुभकामनासमेत दिएका छन्।
‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ सन्देश बोकेर उपमहासचिव पीएस कमरेड बालुवाटार जानुभएको थियो,’ गुरुङनिकट एक केन्द्रीय सदस्यले भने, ‘सम्भवतः ओली र देउवाबीच चाडै भेटवार्ता हुनसक्छ।’
प्रधानमन्त्री देउवालाई भेटेलगतै गुरुङ बालुवाटारबाट निस्केर बागबजारस्थित प्रेस चौतारी नेपालले आयोजित कार्यक्रममा गएका हुन्। सत्ता राजनीतिका दृष्टिकोणले उनीहरूको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया