हिमाल खबर
विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालीन विश्वलाई बुझ्न तीन कुराको आवश्यकता औंल्याएका छन्ः भू-राजनीति, भू-अर्थनीति र भू-प्रविधि। यी तीनै विषयका जानकार केभिन रढले चीन-अमेरिका द्वन्द्वबारे पुस्तक निकालेका छन्, द एभोइडेबल वारः द डेन्जर्स अफ अ क्याटास्ट्रोफिक कनफ्लिक्ट बिट्वीन द यूएस एन्ड सी चिनफिङ्स चाइना।
अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री रढ थिङ्कट्याङ्क ‘एशिया सोसाइटी’ का अध्यक्ष हुन्। अमेरिका र चीन दुवै राष्ट्रका नेता र नीतिलाई नजिकबाट अध्ययन गरेका उनी खासमा चीन विज्ञ हुन्। अस्ट्रेलियाको राजनीतिमा प्रवेश गर्नुअघि उनले बेइजिङमा अस्ट्रेलियाली कूटनीतिज्ञका रूपमा काम गरेका थिए। अध्ययन र कामको सिलसिलामा चीनमा ४० वर्षभन्दा बढी बसेका उनले आधुनिक चीन, माओत्सेतुङदेखि सी चिनफिङसम्मका नेतृत्वको अध्ययन गरेका छन्। यो पुस्तक उनको त्यही विज्ञताको दृष्टान्त हो।
रढको विश्लेषणमा सीको चीन आधुनिक चीनका प्रणेता तङस्याओ फिङको भन्दा फरक छ। उनका अनुसार, चीन र अमेरिका रणनीतिक साझेदारीबाट आज रणनीतिक प्रतिस्पर्धाको तहमा पुगेका छन्। विश्व महाशक्तिको होडमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनलाई अमेरिकी रणनीतिमा प्रमुख प्रतिद्वन्द्वीको रूपमा चित्रण गरिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया