प्रतिस्णा रेग्मी
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेकाे बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
विगत केही महिनादेखि केन्द्रीय कारागार सुन्धाराकाे थुनामा रहेका लामिछानेकाे भाेलि सुनुवाइ हुन लागेकाे उनको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता सरोजकुष्ण घिमिरेले बताए।
सन्दीपको पक्षका वकीलबाट निर्दोष भएको कुनै प्रमाण नभेटेपछि उनलाई थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो।
अधिवक्ता घिमिरेले थुनामा रहेका सन्दीपको मुद्दाकाे अनुसन्धान भइरहेको बताएका छन्। 'सन्दीपको केस अघि बढिरहेको छ र यही क्रममा भोलि बिहीबार उनको उपस्थितमा उच्च अदालतमा मुद्दाबारे सुनुवाइ हुँदैछ', उनले बिएल नेपाली सेवासँग भने।
सुन्धारा कारगारमा रहेका सन्दीपले क्रिकेट अभ्यास गर्ने र त्यहाँ रहेका कैदीबन्दीहरुलाई समेत क्रिकेट खेल्न सिकाइरहेको घिमिरेले बताए।
उनी भन्छन्, 'सन्दीपको मनोबल अहिले पनि उत्तिकै उच्च छ, उनी सकारात्मक छन्। आफूविरुद्ध लागेको आरोप सबै झुटो रहेका बताइरहेका छन्।'
पीडित बालिका अहिले माइती नेपालकाे संरक्षणमा छिन्। उनकाे पढाइको व्यवस्था माइती नेपालबाट भइरहेको छ।
सन्दीप दाेषी ठहर भएमा १० देखि १२ वर्षसम्म जेल सजाय कानुनी व्यवस्था छ।
गत भदौ २१ गते १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेमाथि उजुरी परेको थियो। सन्दीपको फ्यान रहेको बताउने ती किशोरीले भदौ ५ गते सन्दीपले काठमाडौँको होटेलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। साही उजुरीकाे आधारमा उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया