प्रतिस्णा रेग्मी
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेकाे बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
विगत केही महिनादेखि केन्द्रीय कारागार सुन्धाराकाे थुनामा रहेका लामिछानेकाे भाेलि सुनुवाइ हुन लागेकाे उनको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता सरोजकुष्ण घिमिरेले बताए।
सन्दीपको पक्षका वकीलबाट निर्दोष भएको कुनै प्रमाण नभेटेपछि उनलाई थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो।
अधिवक्ता घिमिरेले थुनामा रहेका सन्दीपको मुद्दाकाे अनुसन्धान भइरहेको बताएका छन्। 'सन्दीपको केस अघि बढिरहेको छ र यही क्रममा भोलि बिहीबार उनको उपस्थितमा उच्च अदालतमा मुद्दाबारे सुनुवाइ हुँदैछ', उनले बिएल नेपाली सेवासँग भने।
सुन्धारा कारगारमा रहेका सन्दीपले क्रिकेट अभ्यास गर्ने र त्यहाँ रहेका कैदीबन्दीहरुलाई समेत क्रिकेट खेल्न सिकाइरहेको घिमिरेले बताए।
उनी भन्छन्, 'सन्दीपको मनोबल अहिले पनि उत्तिकै उच्च छ, उनी सकारात्मक छन्। आफूविरुद्ध लागेको आरोप सबै झुटो रहेका बताइरहेका छन्।'
पीडित बालिका अहिले माइती नेपालकाे संरक्षणमा छिन्। उनकाे पढाइको व्यवस्था माइती नेपालबाट भइरहेको छ।
सन्दीप दाेषी ठहर भएमा १० देखि १२ वर्षसम्म जेल सजाय कानुनी व्यवस्था छ।
गत भदौ २१ गते १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेमाथि उजुरी परेको थियो। सन्दीपको फ्यान रहेको बताउने ती किशोरीले भदौ ५ गते सन्दीपले काठमाडौँको होटेलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। साही उजुरीकाे आधारमा उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया