
बिएल संवाददाता
ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विभिन्न राेगकाे उपचार गराइरहेका पेलेकाे बिहीबार राति निधन भएकाे बिबिसीले जनाएकाे छ।
उनले २१ वर्षको करियरमा १,३६३ खेलमा विश्व कीर्तिमान १,२८१ गोल गरे, जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए।
उनी पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि पेलेले सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा आफ्नो पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरेका थिए।
नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया