
बिएल संवाददाता
म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरेका छन्।
शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राखे।
उनले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताए। टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गरे।
सत्यतामा आधारित र पत्यारिला घटना श्रृंखलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उनको भनाइ छ। मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताए।
सरकारी सेवाबाट निवृत्त कृतिकार बानियाँले ३७ वर्ष लामो जागिरे जीवनका तितामिठा भोगाइ र अनुभवलाई पुस्तककार दिएको बताए। ‘हाम्रो समाज र राज्य व्यवस्थाका कमजोरी औँल्याएको छु, समाजसँग सङ्गति नमिलेका मेरा विचार र भोगाइ पुस्तकमा छन्’, उनले भने।
साहित्यकार बानियाँले सरकारी सेवामा हुँदा आफूले जहिल्यै गलत प्रवृत्तिका विरुद्ध खडा हुँदा उल्टै अन्यायमा परेको सुनाए। पुस्तकमा ‘नक्कली स्रेस्ता’, ‘महँगो सुरुवा’लगायत २८ शीर्षकका संस्मरण छन्।
बानियाँको यसअघि ‘केही अनुभव, केही अनुभूति’ नियात्रा, ‘म्याग्दीको बानियाँ वंश’ सामाजिक इतिहास, ‘पुलस्त्य–पुलहाश्रमको परिचय र महत्व’, धार्मिक इतिहासको पुस्तक प्रकाशित छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया