
प्रतिस्णा रेग्मी
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सीआईबी)ले नेपाल टि- २० क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ भएको प्रमाण भेटिएकाे बताएकाे छ।
भारतीय कम्पनी सेभेन थ्री स्टारसँग सहकार्य गरेर नेपाल क्रिकेट संघ (क्यान)ले गत महिना काठमाडौँको त्रिवि मैदानमा प्रतियोगिताकाे आयोजना गरेको थियो।
इतिहासमा पहिलो पटक म्याच फिक्सिङको आरोप व्यहोरेको क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी), सिआइबी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुसन्धन गरिरहेका छन।
तर, यतिबेला अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले टि– २० प्रतियोगितमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेकाे छ। टि- २० प्रतियोगितमा स्पट फिक्सिङ भएका केही प्रमाण फेला परेको सीआईबीका प्रवक्ता श्याम महत बिएल नेपाली सेवालाई जानकारी दिए।
‘टि- २० प्रतियोगितामा आंशका गरेको फिक्सिङको अनुसन्धानबारे हामी अन्तिम निष्कर्षमा पुगेका छौँ। अहिलेसम्म हामीले अनुसन्धानको क्रममा म्याचमा स्पट फिक्सिङ भएको केही प्रमाण फेला पारेका छाैँ’, प्रवक्ता महतले भने।
म्याच फिक्सिङ भएको आंशकापछि सीआईबीले गत पौष १९ गतेबाट नै टि- २० लिगबारे अनुसन्धान सुरु गरेको थियो। सीआईबीले यसअघि शंकाको घेरामा परेको केही खेलाडी तथा क्यानका पदअधिकारीहरुसँग पनि बयान लिइसकेको छ।
त्यस्तै टि- २० लिगबारे राखेपले पनि अनुसन्धान गरिरहेको छ। राखेपले पनि अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुर्याएकाे कार्यदल सिमितिका संयाेजक एकेन्द्र कुँवरले जानकारी दिए।
‘टि- २० लिगको अनुसन्धानबारे राखेपाले ५ समिति गठन गरेको थियो। समितिले यसबारे अनुसन्धान गरेको र राखेपाले पनि लिगको फिक्सिङबारे अन्तिम निष्कर्षमा पुगेकाे छ,’ कार्यदल समितिका संयोजक कुँवरले भने। राखेपकाे अनुसन्धानकाे निष्कर्ष १/२ दिनमा नै सार्वजनिक हुने उनले बताए।
राखेपाले यसअघि नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का, ज्ञान्नेद मल्ल तथा सोमपाल कामी र कप्तान रोहितकुमार पाैडेलसँग बयान लिएको थियो।
गत महिना लिग जारी रहिरहँदा लिगका कमेन्ट्रेटर सचिन तिमल्सिना र पूर्व कप्तान मल्लले खेलमा फिक्सिङ भएको आराेप लगाएका थिए।
त्यस्तै क्यानले भने खेलमा कुनै म्याच फिक्सिङ नभएको र क्यानलाई बदनाम गर्न गिराेह लागिपरेको दाबी गरेकाे छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया