के एन्फाले विश्वकप फुटबलकाे टिकट दुरुपयाेग गरेकै हाे ?

कतारले आयोजना गरेको विश्वकप फुटबल– २०२२ हेर्नकाे लागि फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २ सय ९० वटा टिकट प्रदान गर्‍याे।

फिफाले विश्वका सबै देशका फुटबल निकायहरुलाई विश्वकप टिकट प्रदान गर्न गर्छ। साेहीअनुसार एन्फालले प्राप्त गरेको २ सय ९० मध्ये २ सय १० वटा टिकट आम मानिसलाई प्रदान गरेको र बाँकी ८० वटा टिकट हिनामिना भएको भन्दै यतिबेला एन्फा नेतृत्वकाे चौतर्फी आलोचना भइरहेको छ।

विश्वकपको टिकटको हिनामिना बारेमा यतिबेला आम मानिसहरुको पनि चासोको विषय बन्न पुगेको छ। यतिसम्म कि गत माघ १० गते एन्फा कार्यसमिति सदस्य रुपेश अधिकारीले यस विषयमा थप चासो राखे। उनले एक निवेदन लेख्दै एन्फा अध्ययक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेखे।

उनले एन्फालाई प्राप्त भएको अन्य टिकट कहाँ गयो ? भन्दै चासो राखेका थिए। अधिकारी अहिले देशबाहिर भएका कारणले उनले नेम्वाङलाई आफूले सोधेको जवाफको उतर इमेलमा पठाइदिनसमेत आग्रह गरेका छन। तर, यता एन्फाका केही पदाधिकारीहरुले एन्फाबाट टिकटमा कुनै प्रकारको हिनामिना नभएको बताएका छन।

एन्फाले विश्वकप हेर्नका लागि एफपी र फिफासँग २ सय ९० टिकट मागेको थियो। भने, एफपीले केही टिकट राखेर बाँकी टिकट एन्फालाई प्रदान गरेको एन्फाका प्रवक्ता सुरेश शाहाले बताए। ‘हामीले एफएफसी र फिफासँग गरी २ सय ९० वटा विश्वकपको टिकट मागेका थियौँ। एफएपीले केही मात्रा टिकटहरु उहाँहरुसँग राखेर बाँकी टिकट एन्फालाई प्रदान गर्नुभयो भने यस विषयकमा एनफाका कै कार्यसदस्य रुपेस अधिकारीले पनि निवेदन हाल्नु भएको छ,’ अधिकारीले बिएल नेपाली सेवासँग भने।

सदस्य रुपेशले आफू स्वयम एन्फाको पदअधिकारी भएको र हिनामिनाबारे देखि–देखि आफू चुप लागेर बस्न नसकेको निवेदनमा उल्लेख गरेका छन। यता यस विषयमा धेरै चासो बढेपछि एन्फाको कार्यसमिति बैठकमा यस विषयमा छलफल समेत हुने भएको छ। एनफालले टिकट खरिद गर्ने ग्राहकहरुको नामलिस्टहरु खोज्दै गरेको छ।

२ सय ९० टिकटमा नागरिकलल २ सय १० वटा मात्र विश्वकपको टिकट प्राप्त गरेका थिए। ‘बाहिर जस्तो हल्ला फैलिए पनि एन्फाले विश्वकपको कुनै पनि टिकटको हिनामिना गरेको छैन। यस विषयमा कार्यदल बैठक बस्दैछौँ, अहिले एन्फाले टिकट खरिद गरेको ग्राहकहरुको खोजीमा छौँ। र, खोजी कार्य सकिएपछि र एन्फाको बैठक सकेपछि एन्फा स्वयम आफैँले यस बारेमा जानकारी गराउने छाैँ,’ प्रवक्ता शाहको भनाइ छ।

एन्फालाई विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिजना र फ्रान्सको खेल हेर्नका लागि भनि १० वटा टिकट प्राप्त भएको थियो। भने, एन्फाले आफ्नाे ५ वटा टिकट एफपीलाई प्रदान गरेको थियो। टिकट हिनामिनाकै बारेमा एन्फाका सचिव किरण राईले पनि यस विषयमा छलफल गर्न पर्न र यसको निष्कर्षमा चाँडै आउने बताएका छन।

फिफाले प्रदान गरेको टिकटको मूल्य भने फरक–फरक रहेको छ। जहाँ कुनै खेलको टिकटको नेपाली मुल्य ३० हजार छ। भने, कुनै टिकटको मूल्य ३५ देखि ४० हजार रहेको छ। यो एउटा गम्भीर विषय भएका कारणले गर्दा एन्फा तुरुन्तै यस विषयमा बैठब बस्ने र टिकटकको हिनामिनाबारे आफैं जानकारी दिए शाहले बताए।

प्रकाशित मिति: : 2023-01-29 18:25:00

प्रतिकृया दिनुहोस्