बिहिबार, १८ सेप्टेम्बर २०२५

अक्कल नपुर्‍याउँदा रास्वपाका सबै मन्त्री विवादकाे दलदलमा

BreaknLinks
• • •

केही दिन अघिसम्म समर्थककाे वहा वही खाएर चर्चामा रहेका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले विवादकाे पर्यावाचीजस्तै बनेका छन्। ‘मलाई नेपाली नागरिक बन्नु छैन भन्दै परिआए नेपालविरुद्ध जे पनि गर्न तयारी छु’ भन्ने सपथ खाएर त्यागेकाे नेपाली नागरिकता पुन: प्राप्तकाे लागि सामान्य प्रक्रिया पूरा नगर्नु नै रविकाे लागि मुख्य विवादकाे कारण बन्याे।

पुराना भनिएका राजनीतिक दलले देशमा भ्रष्टाचार गर्नुका साथै सुशासन कायम गर्न नसकेकाे भन्दै आक्राेशकाे आवाज बुलन्द गरेर उदय भएकाे रास्वपा अहिले विवाद नै विवादमा परेकाे छ। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने गरी ‘म्यान्डेट’ दिए पनि जनताकाे अभिमत लत्याएर सरकारमा गएका रास्वपा अहिले चाैतर्फी विवादमा परेकाे छ। सभापति लामिछानेसँगै साेही पार्टीबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री ताेसिमा कार्की गरी सरकारमा सहभागी सबै सांसदहरु विवादमा परेका छन्।

जनताले रवि लामिछानेलाई टेलिभजन स्क्रिनमा देखेर जुन किसिमकाे अपेक्षा गरेका थियाे, अहिले त्यसकाे ठिकविपरीत भइरहेकाे छ। जनताकाे चाहना थियाे रविले संसदमा पुगेर पुराना नेतालाई खवरदारी गरेर सुशासन कायम गर्न भूमिका खेल्नेछन् भन्ने कुराकाे धेरैले अपेक्षा गरेका थिए। तर, जनताले रविमाथि देखेकाे सपना केही महिना पनि टिक्न सकेन, उनले पनि सत्ताकाे स्वाद चाख्ने चाहनाका कारण जनताकाे भावना लत्याए। रविले हिजाे जसलाई नाे नट अगेन भनेका थिए, आज तिनीहरुकै पाउ माेलेर सरकारमा जानु गलत भएकाे विज्ञहरुकाे भनाइ छ। यावत कुराले रास्वपका सभापति लामिछाने आफैं विवादकाे प्रमुख पात्र बनेका छन्। 

०००

लामिछानेपछि रास्वपाका मन्त्रीमध्ये सबैभन्दा विवादित बनेकी मन्त्री हुन्, स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्की। वीर अस्पतालले कार्डियो विभागमा क्याथ ल्याबकाे उद्घटनाकाे लागि पुगेकी राज्यमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँगै अर्काे रविन टाँसेर काटेपछि विवादित बनेकी थिइन्।

रिवन काटेर विवादकाे बिउ राेपिकी राज्यमन्त्री कार्की त्यसयता लगातार विवादमा पर्दै आएकी छिन्। राज्यमन्त्री कार्कीले रविन काँटेर विवादमा परेकाे केही दिनमा नै नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आत्मदाहकाे प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यलाई अस्पतालमा भेट्न जाँदा अर्काे गल्ती गरिन्।

अस्पतालकाे आइसियुमा क्यामेर बाेकेर जान नपाइने भएता पनि राज्यमन्त्री कार्कीले युट्युबर बाेकेर गाइन्। जनतालाई अस्पतालमै भेट्न जाने राज्यमन्त्री भनेर आफूलाई प्रचार गर्न खाेजेकी उनी अन्तत: पुन: विवादमा तानिइन्। त्यति मात्रै नभएर सामाजिक सञ्जालमा प्रतस्तु हुँदा अक्कल नपुर्‍याउँदा विवादित भनिरहेकी छिन्।

०००  

रास्वपाका अर्का विवादित मन्त्री हुन्, शिक्षामन्त्री शिशिर खनाल। शिक्षामन्त्री हुनअघि निजी शिक्षामा जाेड दिएका उनकाे मन्त्री हुन साथ आलाेचनाकाे घण्टी बजिसकेकाे थियाे। त्यसमाथि जनक शिक्षा सामाग्रीलाई सुधार गर्नुकाे साटाे उसले गर्दै आएकाे १ देखि ५ सम्मकाे पाठ्यपुस्तक छाप्ने काम निजी कम्पनीलाई दिने निर्णय गरेर उनी थप विवादित बने।

शिक्षामन्त्रीले सरकार संस्थालाई सुधार गर्नुकाे साटाे निजी कम्पनीलाई पाेस्न खाेजेकाे भन्दै उनकाे पुत्ला दाेहनसमेत भयाे।

०००

साेझा जनताकाे भावनासँग खेल्न निक्कै खप्पिस रवि लामिछानेले आफ्नाे पार्टीले विज्ञताका आधारमा सांसदहरुलाई मन्त्री बनाउने बताएका थिए। तर, वास्तविकताम त्यस्ताे भएन, उनले श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा म्यानपावर सञ्चालक डाेलप्रसाद अर्याललाई पठाए। जब उनकाे म्यान पावर संलग्नताबारे खुलासा भयाे त्यसपछि उनकाे विवाद र आलाेचना सुरु भयाे।

सामाजिक सञ्जाल उनलाई व्याङ्ग्य गरेर बनाइएकाे कार्टुनले भरिए। सञ्चारकर्मी हुँदादेखि नै रविलाई पालनपाेषण गरेर मन्त्री बनेका उनी विगतका कुर्तुतबाट झनै आलाेचित बन्दै गएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नेपाली जनताकाे ठुलाे अपेक्षा थियाे तर परिणाम त्यस्ताे हुन सकेकाे छैन। उसका मन्त्रीहरु हतारकाे निर्णय र अनुभवकाे कमीले कार्यस्थलमा पटक–पटक चुक्दै गइरहेका छन्। यसले देशमा पक्कै पनि सुखद सन्देश दिँदैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!