
महेश नेपाली
थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर लेख्दै आएका महेन्द्र उपाध्यायकाे उपन्यास 'मिन्झारी' माघ २८ गते सार्वजनिक हुने भएकाे छ।
'मिन्झारी' मालिककाे आँखाबाट, मालिककै साेचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारकाे दुरूस्त चित्रण गरिएकाे उपन्यास भएकाे प्रकाशन गृह काबु क्रियसनका प्रबन्ध निर्देशक रसिक राजले बताए।
'काबु क्रियशन मिन्झारीमार्फत बजारमा आउन लागेकाे छ,' उनले भने, 'कथानक, लेखन शिल्प, मुद्दा सबैमा उत्कृष्ट उपन्यास हाे मिन्झारी। जसले पाठककाे मन जित्नेमा हामी ढुक्क छाैं।'
तराईमा पहाडियाकाे प्रवेश भएपछि आदिवासी जनजाति थारुहरुमाथि अत्याचारकाे शृङ्खला सुरु भएकाले पनि थारु संस्कृति लेखनकाे पृष्ठभूमि बनाउन थालेकाे लेखक महेन्द्र उपाध्यायले बताए।
'पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाइँदैन थियाे। त्यस्ताे शान्त बसेका थारुहरु र सिंगाे थारु समुदाय आतङ्कित बन्याे। याे कुरा बुझेसँगै लेखनकाे विषय बन्याे,' उनले भने।
उनका अनुसार पछि पहाडीले मानाे भैंसीकाे घिउ दिएर जमिन खाेस्न थाले। विस्तारै तराईकाे फाँटिलाे भू-भाग र जंगलका मालिक थारूहरू भूमिहीनताकाे दुस्चक्रबाट पिसिन थाले।
टिकापुर घटनालाई पृष्ठभूमि बनाएर लेखिएकाे उपन्यासमा सुदूरपश्चिमकाे समथल भू-भाग टिकापुरदेखि कर्णालीकाे उबडखाबड भू-भाग दैलेख र त्यहाँकाे संस्कृति पनि समेटिएकाे लेखक उपाध्यायले थपे।
कैलालीमा जन्मिएका लेखक पेशा इन्जिनियर हुन्। गजल लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनले आख्यान विधामा आफ्नाे परिचय स्थापित गरेका छन्।
साहित्यमा समाजलाई उतार्ने लेखकले सामाजिक, राजनीतिक, सांस्कृतिक लगायतका मुद्दालाई लेखनको केन्द्रमा राखेको भेटिन्छ।
उपन्यास माघ २८ गते शनिबार प्रज्ञा प्रतिष्ठानकाे डबलीमा दिउँसाे तीन बजे सार्वजनिक हुँदैछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया