बिएल संवाददाता
अस्पतालबाट डिस्चार्ज भएका माओवादी उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्य लाभका लागि एकान्तस्थलमा पुर्याइएको छ। केही हप्ता पूर्ण आराम गर्न चिकित्सकहरूले दिएको सल्लाहबमोजिम उनलाई बूढानीलकण्ठस्थित डाँडाको एउटा रिसोर्टमा लगिएको छ।
अस्पतालबाट निस्केको एक–दुई दिन स्वास्थ्यलाभको कामना भन्दै नियुक्ति, सरुवा, बढुवालगायत निजी काम भन्न आउनेको लर्को लागेपछि गुप्तबास रोज्न बाध्य हुनुपरेको स्रोतले जनाएको छ। यस्ता व्यक्तिबाट हुनसक्ने इन्फेक्सनलगायत कारण स्वास्थ्यमा झनै गम्भीर संकट आउन सक्ने खतरा बढेपछि गुप्तबास रोजिएको जनआस्थाले जनाएको छ।
चिकित्सकले कलेजो र मिर्गौला फेर्नुपर्ने अवस्था रहेको सार्वजनिक गर्दै स्वास्थ्य निकै गम्भीर रहेको जानकारी गराएका थिए। यसैबीच गरिएको एक परीक्षणमा भने कलेजोले काम गर्न थालेको जानकारीसँगै पुनले केही राहत अनुभव गरेको बताइन्छ। कलेजोले काम शुरु गरेपछि ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था हटेको श्रोतको दाबी छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया