बिएल संवाददाता
अस्पतालबाट डिस्चार्ज भएका माओवादी उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्य लाभका लागि एकान्तस्थलमा पुर्याइएको छ। केही हप्ता पूर्ण आराम गर्न चिकित्सकहरूले दिएको सल्लाहबमोजिम उनलाई बूढानीलकण्ठस्थित डाँडाको एउटा रिसोर्टमा लगिएको छ।
अस्पतालबाट निस्केको एक–दुई दिन स्वास्थ्यलाभको कामना भन्दै नियुक्ति, सरुवा, बढुवालगायत निजी काम भन्न आउनेको लर्को लागेपछि गुप्तबास रोज्न बाध्य हुनुपरेको स्रोतले जनाएको छ। यस्ता व्यक्तिबाट हुनसक्ने इन्फेक्सनलगायत कारण स्वास्थ्यमा झनै गम्भीर संकट आउन सक्ने खतरा बढेपछि गुप्तबास रोजिएको जनआस्थाले जनाएको छ।
चिकित्सकले कलेजो र मिर्गौला फेर्नुपर्ने अवस्था रहेको सार्वजनिक गर्दै स्वास्थ्य निकै गम्भीर रहेको जानकारी गराएका थिए। यसैबीच गरिएको एक परीक्षणमा भने कलेजोले काम गर्न थालेको जानकारीसँगै पुनले केही राहत अनुभव गरेको बताइन्छ। कलेजोले काम शुरु गरेपछि ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था हटेको श्रोतको दाबी छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया