ध्रुब बस्याल
अभिनेता पूर्णविक्रम शाह (पल) ले सफाइ पाएपछि अदालतले गलत फैसला गरेको भन्दै आन्दोलन सुरू भएको छ।
सोमबार माइतीघर मण्डलामा आजाद मोर्चाको आयोजनामा नाबालिगलाई जबरजस्ती रुपमा बयान फेर्न लगाएर पललाई सफाइ दिएकाे उनीहरुको आरोप छ।
आन्दोलनकी संयोजक हिरादेवी वाइवाले सत्ता शक्तिको दुरपयोग गरेर बयान फेर्न लगाएर रिहाइ गरेको आरोप लगाएकी छन्।

‘पीडामा बाँचिरहेको नाबालिग मान्छेलाई दबाब पूर्णरुपमा बयान परिर्वतन गरेर बोल्न लगाइयो। अझ प्रमाणहरु पुगेन भनेर जुन ढङ्गले जो आफूले स्वीकार गरेको बलात्कारीलाई उन्मुक्ति दिनुले समाजमा नकारात्मक सदेश जान्छ,’ वाइवाले भनिन्, ‘सत्ता, शक्ति र पावर भएको जो कसैलाई शक्तिको दुरूपयोग गरेर मुक्ति पाउने हुन्छ।’
कानुन सम्पादन र न्याय दिने ठाउँमा पितृसत्ताको पहरेदार रहेकाले सहजै पूर्णविक्रम शाह (पल)को रिहाइ भएको बताएकी छन्। रिहाइ भएपनि पल बलात्कारी रहेको उनको आरोप छ।
‘कानुनअनुसार फैसला भएपनि कानुन सम्पादन गर्ने ठाउँमा पितृसत्ताको पहरेदारका ठेकेदारहरु छन्। अदालतले दुर्व्यवहार भनेर अभियुक्तलाई सहजै सफाइ दिनु राम्रो होइन। पल शाहा बलात्कारी थिए, आज रिहाइ भएपनि बलात्कारी नै हुन्। जतिबेलासम्म आफ्नो सजाय कबुल गर्न सक्दैनन्, त्यतिबेलासम्म उनी बलात्कारी रहिरहन्छन्’, उनले भने।
आन्दोलनकारीहरुले ‘छोरीलाई बाँच्न देउ, भतभती छाती पोल्छ तब न मान्छे बोल्छ’, ‘सर्भाइवरलाई हिम्मात, उत्पीडकलाई चेतना, पितृसत्ता पहरेदार होसियार, ए ज्ञान भएको मान्छे ज्ञानलाई सन्चै छ कि बिरामी, ब्राहणवादी पितृसत्ता मुर्दावाद’लगायतका नारा तथा पम्प्लेट प्रदर्शनी गरेका थिए।
जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाहलाई सोमबार थुनामुक्त भएको थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया