ध्रुब बस्याल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा कारबाही हुनुपर्ने मागसहित मंगलबार सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएको छ। प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन।
रिटको पेशी बिहीबार (भाेली) बिहान १० बजेलाई तोकिएको छ। प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित माघी विशेष कार्यक्रमलाई सम्बोधन गर्दा द्धन्द्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले जिम्मा लिने र बाँकी १२ हजार व्यक्तिको जिम्मा राज्य पक्षले लिनुपर्ने अभिव्यित दिएका थिए। उनको सोही अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट गर्दा भएको हो।
माओवादी केन्द्रले भने साे मुद्धाको विषय अदालतको नभई सत्य निरुपण तथा मेलमिलाप आयोगको भएकाले अदालती मुद्धा बाहिरकाे कुरालाई अतिरञ्जित गर्न खाेजिएकाे दाबी गरिरहेकाे छ।
कतिपयले भने राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा यसरी मुद्दा दर्ता हुनु विदेशी चलखेल रहेको समेत दाबी गरिरहेका छन्। संगठनदेखि मुद्दामा समेत कमजोर बन्दै गएको माओवादीको अबको बाटो के हो ? साे मुद्दालाई माओवादीले कसरी फेस गर्छ ? बद्लिदाे राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र वर्तमान राजनीतिमा देखिएका समस्यालगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका सचिव डिलाराम आचार्यसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको भिडियो कुराकानी प्रस्तुत छ:
भिडियाे:
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया