टोपेन्द्र रोका मगर
काठमाडौंको माइतीघरमा जय महाकाल युवा समूहले विभिन्न माग राखेर धर्ना थालेको महिना दिन पुग्न थालेको छ। १२औँ शताब्दिको लोकतन्त्रमा निर्वाचन प्रक्रिया सुधार हुनुपर्ने भन्दै लोकतान्त्रिक अभियान्ता नन्दराज उपाध्यायको नेतृत्वमा जय महाकाल युवा समूहले धर्ना दिइरहेका छन्।
यही फागुन ११ गतेदेखि सुरु भएको धर्ना अभियान बिहीबार २१ दिन पुगेको छ। तर, सरकारले उनीहरुको मागका बारेमा कुनै सुनाइ गरेको छैन। निर्वाचन प्रक्रिया सुधार नगरिए राजनीति थप बिग्रने भन्दै धर्ना कार्यक्रममा प्रमुख उपाध्यायले आफ्नो माग पूरा नभए अदालतमा जाने बताए।
उनकाअनुसार धर्ना कार्यक्रमका मागहरु वि.सं. २०७० पुस २१ गते सर्वोच्च अदालतले नो भोटको व्यवस्था (कसैलाई भोट गर्दैन), विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्थालगायत रहेका छन्।
बिएल नेपाली सेवाले धर्ना कार्यक्रमका मागहरु के-के हुन ? अब कहिलेसम्म धर्ना गरिरहने ? माग पूरा नभए थप कार्यक्रमहरु के-के हुन ? लगायत विषयमा नन्दराज उपाध्यायसँग कुराकानी गरेका छौँ।
हेर्नुहास भिडयोः
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया