हिमाल खबर
इतुम्बहालका प्रज्ञारत्न शाक्यको ठमेलमा चाँदीको गरगहनाको पसल थियो। एक दिन उनको पसलमा एक रूसी पर्यटक आए।
तिनले भने, “मसँग राम्रो जेनिथको क्यामेरा छ। पैसा पनि मिलाउँछु। लिनुहुन्छ?”
प्रज्ञारत्न फोटो खिच्नमा शौखिन। क्यामेरा देखेपछि मन थाम्नै सकेनन्। फ्याट्ट भनिहाले, “लु, मिलाउनुस् दाम।”
दुवैले एक हजार रुपैयाँमा कुरा मिलाए। “२०५२ सालमा एक हजारले धेरै काम हुन्थ्यो,” प्रज्ञारत्न सम्झन्छन्, “तैपनि क्यामेरा चलाउने शौख पूरा गर्नु थियो। सस्तोमा पनि पाएँ र खरीद गरें।”
प्रज्ञारत्नको यही क्यामेराले २५ वर्षअघि चोरी भएको इतुम्बहालको केशचन्द्र महाविहारको सम्पदा अहिले नेपाल फिर्ता ल्याएको छ।
क्यामेरा किनेपछि प्रज्ञारत्नले केशचन्द्र महाविहारको भित्र-बाहिरका सम्पदाहरूको तस्वीर लिएका थिए। तस्वीर लिनुको उद्देश्य थियो- नयाँ क्यामेराबाट राम्रो खिच्ने अभ्यास गर्नु।
उनले लगभग २५ वटा तस्वीर खिचेका रहेछन्। जसको नेगेटिभ बनाएर सुरक्षित राखेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया