बिएल संवाददाता
हलिउड अभिनेत्री तथा सुपर मोडल क्यामरुन डियाजले फिल्मबाट सन्यास लिने घोषणा गरेकी छिन्।
द होलिडे (२००६), ब्याड टिचर (२०११), एनी (२०१४), द मास्क (२०१४), सेक्स टेप (२०१४), द लास्ट सपर (१९९५), ज्वेल अफ इन्डीया (१९९५), अन ट्चेबल (२०१९) जस्ता सुपर हिट फिल्ममा अभिनय गरिसकेकी उनले परिवारसँग समय बिताउनका लागि फिल्मबाट सन्यास लिने घोषणा गरेकी हुन्।
हाल लन्डनमा शुटिङ्ग भइरहेको र निकट भविष्यमा ओटीटी प्लेटफर्म नेट्फ़्लिक्समा रिलिज हुने सेठ गर्डनद्वारा निर्देशित ;ब्याक इन एक्सन' उनको अन्तिम फिल्म हुने बताइएको छ।
३० अगस्त १९७२ को दिन स्यान डिएगोमा जन्मेकी डियाजको पति र एक छोरी छिन्। 'ब्लु' फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी उनले पहिले पनि एकपटक अभिनयबाट सन्यास लिएको र आफ्नो सहकलाकार जेमी फक्सको विशेष अनुरोधमा पुन अभिनयमा फर्किएकी थिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया