बिएल संवाददाता
चितवन क्रिकेट संघलले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परिसरमा रहेको नमुना क्रिकेट मैदानकाे काम पुन: सञ्चालन गराउने पहल गर्दै निवेदन पेस गरेको छ।
बागमती क्रिकेट संघका काेषाध्यक्ष अनिल अधिकारी, चितवन क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदीप पिया र चितवनमा रहेका क्रिकेट खेलाडीहरुले साेमबार महानगर प्रमुख रेनु दाहाललाई मैदानकाे काम पुन: सुचारु गर्न पहल गर्दै निवेदन पेस गरेका हुन्।
गौतम बुद्ध रङ्गशाला परिसरमा रहेकाे नमुना क्रिकेट मैदानकाे काम दुई वर्षदेखि ठप्प रहेकाे छ। ध्रुमुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माण अभियान सञ्चालन गरेकाे भएता पनि आर्थिक अभावकाे कारण अहिले निर्णमा कार्य ठप्प छ।
तत्काल मुख्य रंगशालाकाे काम अगाडि बढाउन नसके पनि त्यहाँ रहेकाे नमुना क्रिकेट मैदानकाे काम सकेर त्यहाँ प्रतियाेगिताहरु सञ्चालन गर्न सकिने बन्दै चितवन क्रिकेट संघले भरतपुर महानगरसँग सहकार्यकाे पहल गरेकाे बागमती क्रिकेट संघका काेषाध्यक्ष अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘राष्ट्रिय क्रिकेट प्रशिक्षण केन्द्रको आवधारणा अनुसार त्याे नमुना क्रिकेट मैदानलाई विकास गर्न हामीलाई भरतपुर महानगरपालिकाले बजेटसहित रेखदेखकाे लागि नगर प्रहरीसमेत उपलब्ध गराइदिन भनेकाे छाैँ,’ अधिकारीले भने,‘यस कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ।’
उनले याे मैदानकाे काम तत्काल सम्पन्न गर्न सकेकाे खण्डमा केही प्रतियाेगिताहरु सञ्चालन गर्न सकिने र क्रिकेटकाे बढ्दाे क्रेजलाई उपयाेग गर्न सकिने बताए।
उक्त मैदानमा यसअघि पनि गौतम बुद्ध कप्, बागमती प्रदेश खेलकुद समितिद्वारा आयाेजित प्रदेश खेलकुद प्रतियाेगिता र भरतपुर क्रिकेट क्लबले भरतपुर मेयर कपलगायत प्रतियाेगिताहरु आयाेजना गरिसकेकाे छ। यसरी यसअघि नै प्रतियाेगिताहरु भइसकेकाे साे मैदानकाे थप कार्य सम्पन्न गर्न सकेमा तत्कालकाे लागि बहुउपयाेगी हुने चितवन क्रिकेट संघकाे सुझाव रहेकाे छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया