बिएल संवाददाता
चितवन क्रिकेट संघलले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परिसरमा रहेको नमुना क्रिकेट मैदानकाे काम पुन: सञ्चालन गराउने पहल गर्दै निवेदन पेस गरेको छ।
बागमती क्रिकेट संघका काेषाध्यक्ष अनिल अधिकारी, चितवन क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदीप पिया र चितवनमा रहेका क्रिकेट खेलाडीहरुले साेमबार महानगर प्रमुख रेनु दाहाललाई मैदानकाे काम पुन: सुचारु गर्न पहल गर्दै निवेदन पेस गरेका हुन्।
गौतम बुद्ध रङ्गशाला परिसरमा रहेकाे नमुना क्रिकेट मैदानकाे काम दुई वर्षदेखि ठप्प रहेकाे छ। ध्रुमुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माण अभियान सञ्चालन गरेकाे भएता पनि आर्थिक अभावकाे कारण अहिले निर्णमा कार्य ठप्प छ।
तत्काल मुख्य रंगशालाकाे काम अगाडि बढाउन नसके पनि त्यहाँ रहेकाे नमुना क्रिकेट मैदानकाे काम सकेर त्यहाँ प्रतियाेगिताहरु सञ्चालन गर्न सकिने बन्दै चितवन क्रिकेट संघले भरतपुर महानगरसँग सहकार्यकाे पहल गरेकाे बागमती क्रिकेट संघका काेषाध्यक्ष अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘राष्ट्रिय क्रिकेट प्रशिक्षण केन्द्रको आवधारणा अनुसार त्याे नमुना क्रिकेट मैदानलाई विकास गर्न हामीलाई भरतपुर महानगरपालिकाले बजेटसहित रेखदेखकाे लागि नगर प्रहरीसमेत उपलब्ध गराइदिन भनेकाे छाैँ,’ अधिकारीले भने,‘यस कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ।’
उनले याे मैदानकाे काम तत्काल सम्पन्न गर्न सकेकाे खण्डमा केही प्रतियाेगिताहरु सञ्चालन गर्न सकिने र क्रिकेटकाे बढ्दाे क्रेजलाई उपयाेग गर्न सकिने बताए।
उक्त मैदानमा यसअघि पनि गौतम बुद्ध कप्, बागमती प्रदेश खेलकुद समितिद्वारा आयाेजित प्रदेश खेलकुद प्रतियाेगिता र भरतपुर क्रिकेट क्लबले भरतपुर मेयर कपलगायत प्रतियाेगिताहरु आयाेजना गरिसकेकाे छ। यसरी यसअघि नै प्रतियाेगिताहरु भइसकेकाे साे मैदानकाे थप कार्य सम्पन्न गर्न सकेमा तत्कालकाे लागि बहुउपयाेगी हुने चितवन क्रिकेट संघकाे सुझाव रहेकाे छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया