 
                                            
                                        
                                     
                                अमेरिकामा सोमबार विहान अर्को एक मास सुटिङको घटना घटेको छ। घटना टेनेसी राज्यको नासभिलस्थित एक निजी इलेमेन्ट्री क्रिश्चियन स्कूलमा घटेको हो। घटनामा तीन नावालिग र तीन वालिग गरी ६ जनाको ज्यान गएको छ।
घटना घटाउने त्यही विद्यालयकी एक २८ वर्षीया पूर्वछात्रा रहेको बताइएको छ। २ एसल्ट राइफल र एक सटगन प्रयोग गरेर मास सुटिङमा संलग्न बन्दुकधारी प्रहरीसँगको मुठभेडमा मारिएको बताइएको छ। तर, उनक परिचय सार्वजनिक गरिएको छैन।
स्थानीय प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताइएको छ। अहिलेसम्म घटना घटाउनुको उद्देश्य पनि थाहा नभएको प्रहरीले जनाएको छ।
स्थानीय बुडमन्ट बापटिस्ट चर्चमा रहेको विद्यालयमा प्रिस्कूलदेखि ग्रेड ६ सम्मको पढाइ हुदैआएको थियो।
घटनालाई लिएर स्थानीयवासी र अभिभावकहरू त्रसित भएका छन् भने अमेरिकाभरि रोश प्रकट गरिएको छ।
यसैबीच राष्ट्रपति जो बाइडनले घटनालाई लिएर दु:ख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले अमेरिकी कंग्रेस कम्तिमा एसल्ट राइफलमाथि प्रतिवन्ध लगाउन तयार हुनुपर्ने बताउँदै अन्यथा, यस्ता घटनाहरू घटिरहने बताएका छन्।
उनले अमेरिका यस्ता घटना थप देख्न नसक्ने बताउँदै सबै मिलेर यसको दीर्घकालिन हल खोजिनुपर्ने बताएका छन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया