जहाँ डाक्टरलाई भेट्न सात घण्टा लाइनमा खडा हुनुपर्छ (फाेटाे फिचर)

देशकाे राजधानी काठमाडाैँकाे केन्द्रमा छ, सिभिल सर्भिस अस्पताल। सहरकाे मुख्य क्षेत्रमै भएकाेले यहाँ दैनिक सयाैँ मानिसहरु आउने गर्छन्। सामान्यदेखि जटिल राेगहरुकाे उपचार पनि हुने र सेन्टरमै भएकाेले याे अस्पताल अधिकांश मानिसहरुकाे लागि पायक पर्छ।

त्यसैले यहाँ आउने विरामीकाे संख्या एक किसिमले थेगिनसक्नु नै हुन्छ। सेवाग्राहीकाे बढ्दाे चापलाई व्यवस्थित गर्न अस्पताल प्रशासनले टिकटकाे लागि टाेकन प्रणालीकाे व्यवस्था गरेकाे छ। तर, अस्पतालले दैनिक सिमित काेटामा बाढ्ने टाेकन पनि नपाइएला भनेर यहाँ मानिसहरु बिहान तीन बजेदेखि नै लाइनमा बस्ने गर्छन्।

बिहीबार बिएल नेपाली सेवाकाे टाेली साे अस्पतालमा पुग्दा सात बजेबाट बाँडिने टाेकन लिनकाे लागि मानिसहरुले बिहान तीन बजेदेखि नै लाइनमा बसेकाे सुनाए।

यहाँ टाेकनकाे लागि बिहान करिब तीन बजेबाट लाइनमा खडा हुनुपर्छ। करिब चारदेखि पाँच घण्टाससम्म लाइनमा बसेपछि सात बजेदेखि अस्पतालका कर्मचारीहरुले टाेकन बाँड्न सुरु गर्छन्। टाेकन पाएपछि नाम दर्ता र डाक्टरसँग भेट्नकाे लागि फेरि करिब तीन घण्टा लाइन बस्नुपर्छ। यसरी साे अस्पतालमा दैनिक लाइनकै लागि करिब सात घण्टा त लाइनमै बस्नुपर्छ।

यद्यपि, याे अस्पतालमा अनलाइन सिस्टमबाट पनि नाम दर्ताकाे प्रक्रिया मिलाइए पनि त्यसमा मानिसहरु विश्वस्त हुन भने सकेका छैनन्। 

प्रकाशित मिति: : 2023-03-30 08:10:00

प्रतिकृया दिनुहोस्