बिएल संवाददाता
आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो जिम्बावेसँग खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मंगलबार खेल तालिका सार्वजानिक गरेको हो। खेल तालिका अनुसार आगामी असार ३ गते उद्दाघटन खेलमा जिम्बावे र नेपालबीच खेल हुनेछ।
त्यस्तै, नेपालले आफनो दोस्रो खेल असार ५मा अमेरिकासँग खेल्दै छ भने तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ मा हुनेछ। नेपालले आफनो तेस्रो खेल नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्ने छ। प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, , नेदरल्यान्ड्स र अमेरिका रहेका छन् भने समूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।
चैतमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया