ध्रुब बस्याल
                                ‘च्यातिएको पर्दा’ वि.स. २०१३ मा गोविन्दबहादुर मल्ल गोठालेद्वारा लिखित पुस्तक हो। यही पुस्तक आधारित रहेर ‘ल हेर्’ समूहका सुदन सिंह ठकुरीद्वारा परिकल्पना गरिएकाे नाटक सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ।
जेष्ठ ७ गत्तेदेखि ९ गत्तेसम्म ६ वटा सो मञ्चन हुने भएको उक्त नाटकले दर्शकको राम्रो साथ पाईरहेको छ। नाटकका विषयमा निर्देशक सुदनसिंह ठकुरीसँग बिएल संम्वादाता ध्रुब बस्यालले कुराकानी गरेका छन्।
नाटक च्यातिएको पर्दा कस्तो नाटक हो?
च्यातिएको पर्दा वि.स. २०१३ मा गोविन्दबहादुर मल्ल (गोठाले)ले लेख्नुभएको नाटक हो। जसलाई ‘लयर आटकुट’ समूहले मिलेर प्रदर्शनमा ल्याएका हौँ।
च्यातिएको पर्दा नाटक सामान्य परिवारको कथा देखाइएको छ। हाम्रो समाजमा देखिएको सत्य घटना परिवारको मुख्य सदस्या ‘बाउ’ हुन्छ तर त्यो ‘बाउ’ बितिसकेपछि परिवारको अवस्था के हुन्छ? त्यो परिवारले के–के समस्या भोग्नुपर्छ भन्ने कथालाई हामीले नाटकमा प्रस्तुत गरेका छौँ।
नाटकमा हाम्रो समाजको पुरुषवादी सत्तालाई देखाउँदै एउटा गाउँको बुवाविहीन परिवारले जीवन चलाउन भट्टी पसल गरेर कसरी जीवन चलाइरहेका छन् भन्ने देखाउन खोजेको हो?
नाटकले त्यो भन्दैन तर त्यो बुझिन्छ। नाटकले बुवाविहीन परिवारमा आमाले छोरा छोरीहरुलाई गर्ने व्यवहार, दाइले भाइबहिनीलाई गर्ने व्यवहार र भाइबहिनीले दाइलाई गर्ने व्यवहार देखाउन खोजिएको छ। एक पटक हेर्दैमा यसको कथा बुझ्न गाह्रो छ। सरल रुपमा हेर्दा पुरुषले भट्टी पसलमा महिलालाई हेपेको जस्तो लाग्छ तर यसको कथालाई गहिरिएर बुझ्ने हो भने कम्तिमा दुई पटक हेरेमात्र कथालाई सहजै बुझ्न सकिन्छ।

तपाईंहरु यो क्षेत्रमा नयाँ हुनुहुन्छ कत्तिकाे चुनौती हुने रहेछ?
कुनै कुराको सुरुवात गर्नु नै चुनौती हो। अहिलेसम्म नाटक च्यातिएको पर्दा तेस्राे हो, त्यसैले पनि चुनौती छ। नाटक भनेको मजबुद समूह नभए काम गर्न कठिन हुन्छ। टिम भए सम्भव छ। मेरो व्यत्तिगत रुपमा चुनौती देख्दैन।
तपाईंहरुको समूहले च्यातिएको पर्दाको परिकल्पना कसरी गर्याे?
करिब एक वर्ष जतिभयो। हाम्रो कलेजको समूहले अब के गर्ने भन्दै कहानी खोज्दै जाँदा आफ्नो क्षमता र कमजोरीलाई मिलाएर नाटक खोज्ने क्रममा हामी अट्न सक्ने कहानीलाई च्यातिएको पर्दामा देखेर प्रर्दशनमा लागेका हौँ।
नाटक दर्शकले कत्तिको रुचाउनुभएको छ? प्रतिकृया कस्ताे पाउनुभयाे?
धेरै नै रुचाइएको छ। अहिलेसम्म ४ वटा सो प्रदर्शन गरिसकेका छौँ। ती सोहरुमा हाउस फुल नै भएको छ। रुचाइनुको कारण विद्यार्थीहरुले गरेको कामलाई हेर्न नजर फरक हुने रहेछ। तर हेरिसकेकाले राम्रो छ बिद्यार्थीहरुले पनि यस्तो गरे भन्ने सकारात्मक प्रतिकृयाका कारण राम्रो भएको हो। फेरि नाटकको कथा राम्रो भएकाले फरक–फरक रुपमा बुझ्ने र सुझावहरु समेत राम्रो छ।
च्यातिएको पर्दा छोटो समय मात्र मञ्चन किन?
बजार महङ्गो छ। त्यसैले बजेटमा कमजोर भएकाले छोटो समय मञ्चन भएको हो।
कसैले लेखेको कथालाई निर्देशन गर्नु कतिको सहज विषय हो?
धेरै नै गाह्रो विषय हो, किनभने आफूले लेखेको कथा भए कुन मुडमा लेखेको हो, त्यसरी प्रस्तुत हुन सहज हुन्थ्यो। तर अरु कसैले कल्पना गरेर लेखेको कथालाई फेरि परिकल्पना गर्नुपर्ने भएकाले कठिन भएको हो। अरुको कल्पनालाई परिकल्पना गर्दा कथा नमिल्न सक्ने हुन्छ।



                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया